बिलक्षण प्रतिभाका अन्तराष्ट्रिय खेलाडी-काली बहादुर घर्ती मगर

  रुपकष्ण कर्माचार्य  1503 पटक हेरिएको

रुपकष्ण कर्माचार्य

काठमाडाै । प्युठान जिल्ला मर्काबाङ – २ गोल्बाङ मा ३५ बर्ष अघि जन्मिनु भएका श्री काली बहादुर घती मगर, मार्शल आर्ट्स हाप्किडो राष्ट्रीय तथा अन्तराष्ट्रिय खेलाडी हुन ।थोरै समयमा नै खेलकुद र सामाजिक क्षेत्रमा फड्को मार्न सफल खेलाडी हुन । ३५ बर्षको उमेरमा नै उनले खेलाडी मात्र नभई व्यवस्थापकीय र प्रशासनिक रुपमा समेत सफलता पाए ।

नयाँ परिक्षण र जीवनमा नया गोरेटोको खोजी गर्न रमाउन घर्ती मगरले बाल्यकालमा नै आफूलाई मार्सल आर्ट्स मा केन्द्रित गरे । तेज बहादर घर्ती मगर र सीवादेवी घर्ती मगरको कान्छो छोरा काली बहादर घर्ती मगर १३ वर्षको हुँदा कक्षा सातमा पढदैदेखि कराते सुरुवात गरेका हुन् । उनी करातेको तेस्रो डान ब्लाकबेल्ट हुन । उनले कराते मा बिभिन्न देशहरूमा राष्ट्रीय तथा अन्तर्राष्ट्रीय प्रतियोगितामा पदक प्राप्त गर्नुका साथै  सहभागी भएका छन। श्री सुन्नानी आधार माध्यमिक विद्यालय रातापानी प्यूठान मा सात कक्षामा पढ्दै गरेका उनले जिवनमा भोगेका थप्रै आरोह अबरोहको मुकावीला गर्दै उहाले कराते साथसाथै मार्शल आर्ट्स हाप्किडो खेलमा सहभागी हुदै त्यसैलाइ अहिले सम्म निरन्तरता दिएका छन ।

बिगत देखी निरन्तर रहि उनी मार्शल आर्ट्स हाप्किडो सातौ डान ब्लाक बेल्टका हुन । हाप्किडो डान प्राप्त गरेका दक्षिण कोरिया,रसिया, अस्ट्रिया, क्रोसिया हुदै अहिले मार्शल आर्ट्स हाप्किडो को सातौ डान ब्ल्याकबेल्ट ग्लोबल हाप्किडो संघ अमेरिका देखी गरेका छन  । उनि राष्ट्रीय तथा अन्तर्राष्ट्रीय हाप्किडो चाम्पीयनशिपहरूमा पदक बिजेता बन्नुका साथै सहभागी हुनू भएका छन। उनी अन्तर्राष्ट्रीय मार्शल आर्ट्स हाप्किडो रेफ्री हून । रेफ्री रसिया बाट गरेका हून । साथै  अन्तराष्ट्रिय हाप्किडो मास्टर पनी हून । उनले विभिन्न देशहरू मा अन्तराष्ट्रिय  हाप्किडो सेमिनार मा प्रशिक्षण पनि गराएका छन । मार्सल आर्ट्स का पायनीयरका रुपमा परिचित छन्। सातौ डान ब्लाकबेल्ट रहेका उनकै नेतृत्वमा नेपालमा हाल यो खेल अघि बढेको छ भने व्यवस्थापकीय रुपमा पनि अब्बल मानिन्छन् । सात कक्षामा पढ्दै गर्दै करातेमा आबद्ध उनी औपचारिक अध्ययनका रुपमा स्नातक पुरा गरे भने खेलकुदमा अन्तर्राष्ट्रीय मास्टरको रुपमा स्थापित भएका छन् । खेलकुद र सामाजिक क्षेत्रमा फड्को मार्न सफल खेलाडी पर्छन ।

३५ बर्षको उमेरमा नै उनी खेलाडी मात्र नभई व्यवस्थापकीय र प्रशासनिक रुपमा समेत सफलता पाए। उनि हाल नेपाल मार्शल आर्ट्स हाप्किडो संघका अधक्ष्य छन । साथै बिभिन्न संघ संस्था हरूमा आबद्द छन । जस्तै: अखिल नेपाल खेलकूद महासंघ का महासचिव, नेपाल स्वयं सेवक प्रशिक्षक महासंघ का उपाध्यक्ष, नेपाल युनाइटेड बॉक्सिंग एकेडेमी का आजीवन सदस्य, नेपाल सितोरियो कराते संघ नक्शाल डोजो का सल्लाहाकार, र वर्ल्ड फेडेरेशन ईलाइट मार्शल आर्ट्स दक्षिण एसीयाका निर्देशक पदहरूमा जिम्मेवारी छन । नयाँ परिक्षण र जीवनमा नया गोरेटोको खोजी गर्न रमाउन घर्ती मगरले बाल्यकालमा नै आफुलाई मार्सल आर्ट्स मा केन्द्रित गरे । सातौ डान समेत रहेका ऊनको नेतृत्व नेपालमा हाल यो खेल अघि बढेको छ, भने व्यवस्थापकीय रुपमा पनि अब्बल मानिन्छन्। उनले नेपालमा धेरै राष्ट्रिय खेलकूद प्रतियोगिता तथा टेक्नीकल सेमिनार गर्न सफल भएका छन।

हाप्कीडोको अन्तर्राष्ट्रिय स्तरीय सेमिनारमा उनले बिभिन्न देशमा सहभागी भएका छन । जस्तै: बेल्जियम डच सिन -मो हाप्किडो संघ को आयोजनामा अन्तराष्ट्रिय सेमिनार मा सहभागी, यूरोपियन हाप्किडो यूनियन जर्मनी को सेमिनार मा सहभागी, यूरोपियन हाप्किडो यूनियन क्रोसिया, बिग अन्तराष्ट्रिय सेमिनारमा सहभागी, थाईलैण्ड हाप्किडो महासंघको आयोजनामा अन्तराष्ट्रिय सेमिनार मा प्रशिक्षकमा सहभागी, अस्ट्रेलियन हाप्किडो संघको आयोजनामा अन्तर्राष्ट्रीय सेमिनारमा सहभागी अस्ट्रेलीया, स्कटल्यांडमा अन्तराष्ट्रिय सेमिनारमा सहभागी, यूरोपियन हाप्किडो सममिट मा सहभागी अस्ट्रीया,अन्तराष्ट्रिय हाप्किडो फेस्टिभल, यूरोपियन कांग्रेस मा सहभागी अस्ट्रिया,मार्शल आर्ट्स अन्तराष्ट्रिय कराते सेमिनार मा सहभागी जापान, वर्ल्ड कोरिया मार्शल आर्ट्स हाप्किडो अन्तर्राष्ट्रीय सेमिनार मा सहभागी दक्षिण कोरिया, द यूनियन अफ हाप्किडो फ़ेडेरेसन रसिया, अन्तर्राष्ट्रीय हाप्किडो सेमिनारमा सहभागी रसिया, द यूनियन अफ हाप्किडो फ़ेडेरेसन रसिया, अन्तर्राष्ट्रीय हाप्किडो रेफ्री सेमिनारमा सहभागी रसिया, नेपाल मार्शल आर्ट्स हाप्किडो संघको आयोजनामा राष्ट्रीय टेक्निकल सेमिनारमा सहभागी  नेपाल, इण्डिया हाप्किडो संघ को आयोजनामा भएको एसियन हाप्किडो सेमिनार भारत  लगायत विभिन्न मूलकमा सहभागी भएका छन । साथसाथै उनले खेलकूदमा पाएको एचिभमेंट्स लाई उच्च मूल्यांकन गरी विभिन्न देशहरू बाट अवार्डहरू पनी प्राप्त गरेका छन ।

दक्षिण कोरियामा, कोरिया तथा वर्ल्ड मार्शल आर्ट्स हाप्किडो महासंघ द्वारा आयोजित अवार्ड कार्यक्रममा “प्लेयर अफ द एयर वर्ल्ड अवार्ड “पाए । इन्डोनेसियामा मार्सल आर्ट्सको प्रतिष्ठित हल अफ फ़ेम “इंस्ट्रक्चर अफ द एयर अवार्ड “ पाए। जर्मनीमा मा प्रतिष्ठित हल अफ फेम “मास्टर अफ द एयर अवार्ड” पाए । मार्शल हिरोईज काउन्सिल तथा समुइल कोक इटालियन संस्था  20 October 2108 भेनिस इटाली मा भएको मार्शल हिरोईज अवार्ड मा  “मास्टर अफ द एयर अवार्ड,” पाए। मनास्लू मिडिया द्वारा संचालित मनास्लू पोस्ट न्यूज़ पोर्टलको  आयोजनामा एतिहासिक मनास्लू राष्ट्रीय अवार्ड २०७४ मा सर्वोत्कृष्ट खेलाडी अवार्ड प्राप्त गरे ।

मार्शल आर्ट्स करभ मग परोसनल प्रोटेक्टशन टाइटल अवार्ड इजराईल बाट पाइसकेका छन । त्यसैगरी उनी बिभिन्न संघ संस्था बाट सम्मानित भएका छन। नेपाल सरकार युवा तथा खेलकूद मन्त्री बाट सम्मानित भएका छन ।एन.आर.एन . दक्षिण कोरिया बाट सम्मानित, मगर भुम्या पर्व प्रतिष्ठान आयोजनामा माननीय गृहमन्त्री बाट सम्मानित, दक्षिण कोरिया सरकार बाट सम्मानित, दक्षिण कोरिया राप्ती समाज बाट सम्मानित, नेपाल मगर संघ को आयोजना मा सम्माननीय उपरास्ट्रपति बाट सम्मानित, कानून, न्याय तथा संसदीय मामिला माननीय मन्त्री बाट सम्मानित, नेपाली जनप्रगतिशील मंच दक्षिण कोरिया बाट सम्मानित, नेपाल सितोरियो कराते शाखा डोजो नक्शाल अन्तर्राष्ट्रीय कराते आयोजनामा सम्मान भएका छन ।

उनले खेलकूद मार्फ़त अन्तराष्ट्रिय स्तरमा पहिचान वनाएका छन। उनको खेलकुदमा निरन्तर त्याग खेलप्रति लगाव समर्पित, संघर्षले आफ्नो पहिचान साथै देश र जनताको लागि गौरवको विषय बनाएको छ  । घर्ती मगर एक अलौकिक खेलाडी मात्र होईनन, एक कुशल व्यवस्थापक पनी हुन। घर्ती मगर बिलक्षण प्रतिभाका एक उच्च श्रेणीका अन्तराष्ट्रिय खेलाडी हुन । जसले खेलजगत बाट अन्तराष्ट्रिय स्तरमा नेपाल र नेपाली लाई चिनाएर ठुलो योगदान गर्नु भएको छ । उनको योगदानको प्रशंसा जति गरे पनि कम नै हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार