मूर्ति बनाएर १५ लाख कमाइ

सल्यान,  । पढेलेखेका युवा श्रम गर्नेभन्दा सानो भए पनि टेवुल वर्क काम गर्न चाहन्छन् तर स्नातकोत्तर गरेका सल्यान वागचौर ९ कोटमौला युवा टोपेन्द्र डाँगीले मूर्तिकला ब्यवसाय गरेरै वार्षिक १५ लाख रुपियाँ आम्दानी गर्दे आएका छन । उनका अनुसार एउटा मूर्ति १५ हजारदेखि ५० हजारसम्म बिक्री हुने गरेको छ । १५ हजारदेखि ५० हजारसम्म बिक्री गर्दै आइरहेको छु। उनले भने सुरुमा आर्ट सम्बन्धी काम गरे पनि सात वर्ष यता शिक...

ब्यालेन्स चेक, ट्रान्सफर र रिचार्जको ‘सर्ट कोड’ परिवर्तन

काठमाडौं । अब फरक-फरक मोबाइल सेवा सेवा प्रदायकका प्रयोगकर्ताले पनि एउटै सर्ट कोडहरु प्रयोग गर्न पाउने भएका छन् । ब्यालेन्सको थाहा पाउन, ब्यालेन्स ट्रान्सफर गर्न र मोबाइल रिचार्ज गर्न सबै सेवा प्रदायकमा अब एउटै प्रयोग हुने सर्ट कोड हुने भएको छ । यो सँगै तोकिएका प्रयोजनमा हाल प्रयोगमा रहेका सर्ट कोडहरु एकवर्षभित्र परिवर्तन हुने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको ‘दूरसञ्चार सेवामा प...

बंगलादेशबाट ५० हजार मेट्रिक टन मल ल्याउने सहमति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच तत्काल ५० हजार मेट्रिक टन मल ल्याउने विषयमा सहमति भएको छ । प्रधानमन्त्री ओली र हसिनाबीच दुई देशको सम्बन्ध र युरिया मल आपूर्तिका विषयमा मंगलबार टेलिफोन संवाद भएको हो । देशभर रासायनिक मल हाहाकार भइरहेको अवस्थामा प्रधानमन्त्री ओलीले तत्काल मल आपूर्तिका लागि बंगलादेशकी प्रधानमन्त्री हसिनासँग आग्रह गरेका हुन् । मल ल्याउन...

मनाङको स्याउ विश्व बजारमा

मनाङ । मनाङको स्याउ अहिले विश्व बजारमा पुग्न थालेको छ । ‘गरे के हुँदैन भन्ने उखान’ जस्तै एउटा मानिसको सपनाले जिल्ला र राष्ट्रलाई नै समृद्ध बनाउन सक्छ । यस्तै ज्वलन्त उदाहरण मनाङ एग्रो प्रालि बन्न सफल भएको छ । हिउँ परेपछि मनाङको जनजीवन कष्टकर हुन्छ । आम मानिसलाई लोभ्याउने हिउँले मनाङेहरुलाई घरभित्र थन्क्याउँछ, बेँसी झर्न बाध्य बनाउँछ । तीन हजार पाँच सय १९ मिटरको उचाइमा रहेको मनाङ सीमित खेतीयोग्य...

काठमाडौँ–रक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत इच्छुक

काठमाडौँ, भदौ १२ गते ।  काठमाडौँ–रक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत सरकारले चासो देखाएको छ । अध्ययनका लागि भारतीय टोली नेपाल आउन चाहेको भएपनि कोभिड–१९ कारण तत्काल अनुमति दिन नसकिएको रेल विभागले जनाएको छ । रेल विभागले उनीहरुलाई नेपाल आउन अनुमतिका लागि गृह मन्त्रालयलाई भनेको छ । कोभिड सङ्क्रमण फैलिरहेकाले तत्काल उनीहरु आउन दिने अवस्था नरहेको उहाँको भनाइ छ । अझै एक दुई महिनासम्म टोलीलाई बोलाउ...

अन्तिम चरणमा माथिल्लो दोर्दी ‘ए’

लमजुङ, भदौ १० गते ।  पहाडी जिल्ला लमजुङमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ आयोजना अन्तिम चरणमा पुगेको छ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन आयोजना निर्माण ९८ प्रतिशत सम्पन्न भइसकेको छ । पच्चीस मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना निर्माण अधिकाशं सम्पन्न भइसकेको र केही प्रतिशत मात्र बाँकी रहेको आयोजनाले जनाएको छ । यतिबे...

प्रधानमन्त्री ओलीलाई बाबुरामको प्रश्न : अहिले राम मन्दिर बनाउने कि अस्पताल ?

गोरखा । जनता समाजवादी पार्टीका बरिष्ठ नेता डा.बाबुराम भट्टराइले राम मन्दिरको कुरा छाडेर अस्पताल र आइसोलेसन निर्माणमा जोड दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । शुक्रबार गृह जिल्ला गोरखा आएका नेता भट्टराईले राम मन्दिरको चिन्तन छाड्न सुझाव दिदै प्रधानमन्त्री ओलीलाई प्रश्न गरे, ‘अहिले राम मन्दिर बनाउने समय हो कि अस्पताल बनाउने ?’ अस्पताल र भेन्टिलेटर अभावका कारण मानिसहरु मरिरहेको...

कर बुझाउने म्याद असार ७ सम्मका लागि थप

काठमाडौँ, जेठ २१ गते । आन्तिरिक राजस्व विभागले करदाताले आवधिक रुपमा बुझाउनुपर्ने कर असार ७ गते सम्ममा बुझाए हुने गरी म्याद थप गरेको छ । यस अघि जेठ २५ गतेसम्म आयकर लगायतका विवरण बुझाउने पर्ने गरी सूचना जारी गरेकोमा करदाताबाट कोरोना सङ्क्रमणका कारण जारी लकडाउनका बेला सम्भव नहुने भन्दै विरोध भएको थियो । विभागले विश्वव्यापी रुपमा फैलिएको कोराना सङ्क्रमणका कारण उत्पन्न असहज परिस्थितिका कारण म्याद थप ग...

हजुरआमाको सीपले आर्जेको आय

काठमाडौँ, । सत्तरी काटेपछि ज्येष्ठ नागरिकले काम गर्नु हुन्न भन्ने भनाइलाई चुनौती दिँदै ७० वर्ष उमेर काटेका हजुरआमाले जानेको सीप उपयोग गरी कमाइ गर्न थाल्नुभएको छ । आफ्ना नाति नातिनीका लागि मात्रै लुगा, मोजा वा कुनै पनि सरसामान बनाउँदै आउनुु भएकोमा अब उहाँहरूले अरूका लागि पनि बनाउन थाल्नुुभएको छ । डल्लु निवासी ८० वर्षीय रामकुमारी श्रेष्ठले ढाकाको रुमाल बनाउनुहुन्छ । आफूूमा भएको सीपले यो उमेरमा पनि ...

कोरोनाबाट उत्पन्न संकटका कारण झण्डै ६१ लाख नेपालीले गुमाए रोजगारी

कोरोना भाइरसबाट उत्पन्न संकटका कारण झण्डै ६१ लाख नेपालीले रोजगारी गुमाएको सरकारी तथ्यांकले देखाएको छ। लकडाउनका कारण ६० लाख ८१ हजार भन्दा बढीको रोजगारी गुमेको तथ्यांक श्रम मन्त्रालयको समन्वयमा राष्ट्रिय योजना आयोगले संकलन गरेको छ। सो तथ्यांकअनुसार पर्यटन क्षेत्रका अधिकांशले रोजगारी गुमाएका छन्। त्यस्तै, जडिबुटी संकलन, स्थानीय स्तरको आयोजनामा काम गर्नेहरु सबैभन्दा बढी बेरोजगार बनेका छन्। वन...