गुड्ने र उड्ने गाडी ‘एयरकार’ को पहिलो उडान पूरा

'एयरकार'ले हालै दुई शहरमाथि आफ्नो पहिलो उडान पूरा गरेको छ। एयरकार हाइब्रिड गाडी हो, जुन अरु कार जस्तै सडकमा गुड्न सक्छ र आकासमा उड्छ। एयरकारले स्लोभाकियाको आकासमा पहिलो अन्तर–शहर उडान पुरा गरेको अमेरिकी वेभसाइट रोब रिपोर्टले लेखेको छ। एयरकारको डिजाइन क्लाइन भिजनका प्रोफेसर स्टिफन क्लाइनले गरेका हुन्। स्लोभाकियाली संगठनले उक्त कार बनाउन ३० वर्षभन्दा बढी समय खर्चेको छ। सो समयमा असंख्य प्रोटोटाइपहरू...

मेलम्ची बाढीले अस्तव्यस्त हेलम्बु [भिडियाे / तस्बिरहरू]

https://www.youtube.com/watch?v=QV9B0yWy_LU हेलम्बु, सिन्धुपाल्चोक — अविरल वर्षासँगै आएको मेलम्ची बाढीले हेलम्बु गाउँपालिकाका चार गाउँको अस्तित्व नै मेटाएको छ । चिउरेखर्क, चालिसे, तल्लो तिम्बु बजार र गणेश बगरको बस्ती मेलम्चीले बगाएको हो । गाउँ भएको ठाउँ बगरमा परिणत भएको छ । नदीमा पानीको सतह बढेपछि सतर्क भएका गाउँलेले मंगलबारको रात घर छाड्दा धेरैको ज्यान जोगियो । उक्त रात भाग्न नसकेर बेपत्ता ...

अश्लिल गीत बनाएको भन्दै भोजपुरी सुपरस्टारविरुद्ध उजुरी दर्ता

मुम्बई । भोजपुरी सुपरस्टार खेसारी लाल यादव विरुद्ध मुम्बईमा उजुरी दर्ता भएको छ । महिलालाई लिएर अश्लील गीत बनाएको आरोप उनलाई लागेको छ । उनी विरुद्ध भारतीय दण्ड संहिताको धारा २९२, २९४ तथा ३५४ अन्तर्गत केस गरिएको छ ।‘सनातन सेवा फाउन्डेशन’का प्रमुख श्री सरजीत सिंहले बिहीबार उनी विरुद्ध आपराधिक मामलामा उजुरी दर्ता गराएका हुन् । उजुरीमा भनिएको छ ‘खेसारी लाल यादवले पैसा कमाउने उदेश्यले अश्लिल गीत र...

यी हुन् इतिहासकै सबैभन्दा अभागी व्यक्ति : निकै अनौठो छ कहानी

संसारमा अभागी मानिसहरु धेरै होलान् । तर, बेलायतका वाल्टर समरफोर्डलाई इतिहासकै सबैभन्दा अभागी व्यक्ति मानिन्छ । समरफोर्डको कहानी निकै रोचक छ । उनी बेलायती सेनाको अधिकृत थिए । उनीमाथि एकै प्रकारका तीनवटा घटना घटेका थिए, सोही कारण उनलाई सबैले अभागी मान्छे भन्न थाले । जीवित छँदा मात्र होइन मरेपछि पनि उनीमाथि सोही घटना घटेको थियो । सन् १९१८ मा समरफोर्डले पहिलो घटनाको सामना गरे । उनी प्रथम विश्वयु...

पाकिस्तानमा रेल दुर्घटना : ३० जनाको मृत्यु, ५० जना भन्दा बढी घाइते

काठमाडौं । पाकिस्तानमा सोमबार बिहान रेल दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी यात्रु घाइते भएका छन् । कराँचीबाट सरगोधा जाँदै गरेको मिल्लत एक्सप्रेसको र रावलपिण्डीबाट कराँची जाँदै गरेको सैयद एक्सप्रेसको रेल सिन्ध प्रान्तको डहारकी क्षेत्रमा आपसमा ठोक्किएका हुन् ।दुर्घटनास्थलमा उद्धारकार्य जारी छ । रेलका डिब्बामा फसेका यात्रुहरुलाई निकाल्ने प्रयास भइरहेको समाचार संस्था डनले जनाएक...

केटीको पहिरन लगाएर प्रेमिकालाई भेट्न बिहे मण्डपमा

प्रेममा मान्छे पागल हुन्छ भनिन्छ । भारतको उत्तर प्रदेशमा हालै एउटा यस्तै घटना भएको छ । आफ्नी प्रेमिकाको अर्कै केटासँग बिहे हुन थालेपछि रन्थनिएका एक युवक बेहुली बनेकी प्रेमिकालाई भेट्नका लागि केटीको भेष गरेर बिहे स्थलमा छिरे । तर, विडम्बना उनी पक्राउ परेका छन् । उत्तर प्रदेशको भादोही जिल्लास्थित एक गाउँमा यो घटना भएको हो। एकजना युवक बेहुलीको जस्तै पहिरनमा सजिएर आफ्नी गर्लफ्रेण्डको घरमा छिरे ।...

इजरायली वैज्ञानिकले प्रयोगशालामै बनाए आमाको दूध

आमाको दूध बच्चाको लागि अमृत समान हुन्छ भनिन्छ । स्तनपान बच्चाको लागि पर्याप्त पोषणको श्रोत हो र यसले बच्चाको सर्वाङ्गीण विकासमा सहयोग गर्दछ । आमाको दूधमा विभिन्न खाले पोषक तत्व हुन्छन् जसले शिशुलाई विभिन्न खाले गम्भीर रोगबाट बचाउँदछ । त्यसैले आमाको दूधलाई शिशुको सम्पूर्ण आहार भनिन्छ । बच्चालाई एक वर्षको हुन्जेल आमाको दूध चुसाउन सल्लाह दिइन्छ । तर कतिपय महिलाहरुमा दूध नआउने समस्या हुने तथा कत...

राजा वीरेन्द्रको वंशनाश भएको दिन जेठ १९

काठमाडौं : तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको २० वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते राती दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्य र आफन्तको हत्या भएको थियो। उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ। जेठ १९ को त्यो कहालीलाग्दो रातले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ। राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थापना भइसके पनि तत्कालीन राजपरिवारको वंशन...

ब्राजिलका राष्ट्रपतिलाई महाअभियोग लगाउनु पर्ने भन्दै विशाल प्रदर्शन

कोरोनाभाइरसको महामारी नियन्त्रणमा लापरबाहीपूर्ण तरिकाले काम गरेको भन्दै दक्षिण अमेरिकी मुलुक ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोविरूद्ध महाअभियोग लगाउनु पर्ने माग उठेको छ। कोरोना महामारीलाई सुरूदेखि नै हलुका ढंगले लिइरहेका बोल्सोनारोलाई महाअभियोग लगाउनु पर्ने माग राखेर शनिबार ब्राजिलभरि लाखौं मानिसहरूले प्रदर्शन गरेका छन्। दुई सय बढी सहरमा बोल्सोनारोविरुद्ध प्रदर्शन भएको हो। शनिबारको प्रदर्श...

प्रतिबन्धबाट बच्न आकाशमै बिहे

काठमाडौं । भारतमा एक जोडीले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि लगाइएको प्रतिबन्धबाट बच्न आकाशमै विवाह गरेका छन् । तामिलनाडु राज्यका एक जोडीले विमान चार्टर्ड गरी आकाशमा नै विवाह गरेका हुन् । समाचारमा उल्लेख गरिएअनुसार तामिलनाडुमा कोरोना संक्रमण नियन्त्रणको लागि विवाहमा ५० जनाभन्दा धेरै मानिस सहभागी हुन नपाउने व्यवस्था गरिएको छ । तर, उक्त जोडीले आकाशमा गरेको विवाहमा भने १६० भन्दा धेरै मानिस...