मिस वर्ल्डमा सहभागी हुन अनुष्का श्रेष्ठ लण्डन प्रस्थान

काठमाडौं । मिस नेपाल वर्ल्ड २०१९ विजेता अनुष्का श्रेष्ठ लण्डन प्रस्थान गरेकी छिन् । उनी बेलायतको लण्डनमा हुने मिस वर्ल्डमा सहभागी हुन बुधवार त्यसतर्फ प्रस्थान गरेकी हुन् । गत वैशाखमा भएको मिस नेपालको प्रतियोगितामा अनुष्काले ‘मिस वर्ल्ड २०१९’ को उपाधि जित्न सफल भएकी थिइन् । उनले २४ सहभागीलाई पछि पार्दै मिस नेपालको ताल उचालेकी थिइन् । अनुष्काले राष्ट्रको सपनालाई आफूले लगेर जाँदा रमाइलो लागेको ...

अमेरिकी कमान्डोले आइसिस प्रमुख बग्दादी मारेको आशंका

उत्तरी सिरियामा स्लामिक स्टेट(आइसिस)का प्रमुख अबु बकर अल बग्दादीलाई अमेरिकी कमान्डोहरूले मारेको आंशका गरिएको छ। अमेरिकी पत्रिका न्यूजविकले अमेरिकी सैन्य श्रोतलाई उद्धृत गर्दै बग्दादी मारिएको दाबी गरेको छ। अन्य धेरै समाचार श्रोतले पनि पछिल्लो २४ घन्टामा बग्दादी मारिएको हुन सक्ने जनाएका छन्। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्ताले नेपाली समयअनुसार आइतबार साँझ अमेरिकी राष्ट्रपतिले ...

बलात्कारपछि छात्रालाई जिउँदै जलाउने प्रधानाध्यापकसहित १६ लाई मृत्युदण्ड

छात्रालाई बलात्कारपछि जिउँदै जलाउने १६ जनालाई बंगलादेशको अदालतले मृत्युदण्डको सजाय सुनाएको छ। १९ वर्षीया छात्रा नुस्रत हजान रफीलाई जिउँदै जलाउने १६ जनालाई गत सोमबार अदालतले मृत्युदण्डको सजाय सुनाएको हो। आफ्नै विद्यालयका प्रधानाध्यापकले यौन दुर्व्यवहार गरेको भनी नुस्रतले गत मार्चको अन्तिममा प्रहरीमा उजुरी दिएकी थिइन्। त्यसको ११ दिनपछि गत अप्रिल ६ मा उनलाई विद्यालयको कौसीमा लगेर बुर्का लगाएका ...

विश्वका विभिन्न देशमा चर्किँदै आन्दोलन, सरकारसँग किन रूष्ट हुँदैछन् जनता ?

यो हप्ता दुनियाँभर सरकार विरोधी आन्दोलन भएका छन्। इराक, लेबनान, स्पेनदेखि चिलिसम्मका देशमा विरोध प्रदर्शन भएका छन्। प्रदर्शन र लक्ष फरक भएपनि यी आन्दोलनका केही समानता छन् । यी देशमा भएका आन्दोलन एजेन्डा पनि उस्तै प्रकृतिका छन्। यी देशहरू भौगोलिकरूपमा धेरै टाढाको दुरीमा छन्। तर आन्दोलनको कारण उस्तै र समान छन्। यी आन्दोलनले एक अर्कालाई व्यवस्थित हुन र आफ्नो लक्ष भेट्टाउन मद्दत पुग्छ। बिबिसीले ...

थाई राजाले ‘श्रीमती’ लाई दिए विश्वासघातको सजाय

थाईल्यान्डका राजा महा वाचिरालङ्कनले आफ्नी एक ‘श्रीमती’ को शाही उपाधि खोसेका छन् । नी राजा बन्नुभन्दा पहिला ती महिला उनकी एक भित्रिनी थिइन् । उच्च तहको नियुक्ति पाएको केही महिनामै ती महिलाले विश्वासघात गरेको आरोप लगाउँदै राजाले त्यस्तो निर्णय लिएको एक बयानमा जानकारी दिइएको छ । एउटा औपचारिक घोषणामा सिनीनात वङ्वाचिराफाक ‘महत्वाकाङ्क्षी’ बनेकी र उनले ‘आफूलाई रानीको हैसियतमा पदोन्नति गर्ने प्र...

एनआरएनए निर्वाचनमा २३ सय ४० मत खस्यो, मतगणनाको तयारी

काठमाडौं : गैरआवासीय नेपाली संघको निर्वाचनमा २३ सय ४० मत खसेको छ  । कुल २५ सय ७० मतदातामध्ये करिब २ सय ३० मतदानको बेला अनुपस्थित थिए । खसेको मतमध्ये अष्ट्रेलियासहित ओसेनिया क्षेत्रबाट २ सय ११ मत खसेको छ भने अफ्रिकाबाट १६ मत, एशिया प्यासिफिकबाट ४ सय ६२, मध्यपूर्वबाट ४ सय ७०, युरोपबाट ९ सय २० र अमेरिकाज क्षेत्रबाट २ सय ६१ मत खसेको थियो । प्राविधिक गडबडीका कारण भन्दै बुधबार साँझ मतदान स्थगित गरिएक...

जेएनयूका पूर्वविद्यार्थीलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अर्थशास्त्रीलाई प्रदान गरिएको छ। यो पुरस्कार पाउनेमा एक भारतीयमूलका अमेरिकी अर्थशास्त्री पनि छन्।   यो वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रूपमा पाउनेमा भारतीय मूलका अभिजित बनर्जी, इस्तर डुफलो र माइकल क्रेमर रहेका नोबेल पुरस्कार कमिटीले जानकारी दिएको छ। अभिजितकी श्रीमतीसमेत रहेकी इस्तर फ्रान्सेली हुन् भने माइकल अमेरिकी नागरिक हुन्। यी तीन अर्थशा...

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण : भौतिक पूर्वाधार विशेष प्राथमिकतामा

काठमाडौँ,  । दुई दशकपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमणका अवसरमा नेपालको आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने भौतिक पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण सम्झौता तथा समझदारी हुने भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ यही असोज २५ र २६ गते नेपालको दुई दिवसीय राजकीय भ्रमणमा आउने तय भएपछि दुवै देशले भ्रमणको तयारीलाई तिव्रता दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आयोजना गर्नुभएको छलफल...

इराकमा सरकारविरुद्ध प्रदर्शनः ६० जनाको मृत्यु, २ सय घाइते

काठमाडौं । इराकको राजधानी बगदादमा जारी सरकार विरोधी प्रदर्शनको क्रममा चार दिनको अवधिमा ६० जनाको मृत्यु भएको छ । करिब २ सय जना घाइते छन् । इराकमा बढ्दो बेरोजगारी, खराब सार्वजनिक सेवा र भ्रष्टाचारबाट आक्रोशित युवा सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । सरकारविरोधी प्रदर्शन हिंसात्मक बनेको छ । मृत्यु हुनेको संख्या शुक्रबार दोब्बरले बढेको बीबीसीले जनाएको छ । सेनाका अनुसार अज्ञात बन्दुकधारीले बगद...

फेसबुक प्रयोगकर्ताको विवरण चोरिएपछि दशौँ हजार एप्स निलम्बन

अमेरिका । सामाजिक सञ्जाल फेसबुकले दशौँ हजार एप्सलाई निलम्बन गरिदिएको छ । सन् २०१८ मार्चको केम्ब्रिजको विश्लेषणात्मक तथ्याङ्कका कारण फेसबुकले अध्ययनका लागि ती एप्सलाई निलम्बन गरेको कम्पनीले शुक्रबार जनाएको छ । निलम्बनमा परेका एप्समध्ये झण्डै चार सय ओटा निर्माता छन् । आफ्ना प्रयोगकर्तासँग सम्बन्धित विवरणहरु चोरी हुनेगरी भएको क्याम्ब्रीज काण्डपछि फेसबुकले एप्सहरु निलम्बन गरेको हो । फेसबुकले ...