किएभ । किएभले शुक्रबार रुसी अधिकारीहरूले लडाइँमा मारिएका युक्रेनी सैनिकहरूको ५ सयभन्दा बढी शव फिर्ता गरेको र तीमध्ये अधिकांश पूर्वी डोनेट्स्क क्षेत्रमा मारिएका बताएको छ । रुस र युक्रेनले द्वन्द्वको पहिलो महिनादेखि नै शव र युद्धबन्दीहरू साटासाट गर्दै आएका छन् । दुवै पक्षका क्षतिहरू उच्च मानिएका छन् । ‘स्वदेश फिर्ता गर्ने गतिविधिको परिणामस्वरूप युक्रेन सरकार नियन्त्रित क्षेत्रमा ५ सय २ जना वीर यो...
रुसद्वारा पाँच सयभन्दा बढी सैनिकको शव फिर्ता
