शान्ति सेनामा अहिलेसम्म ७३ नेपाली सैनिकले गुमाए ज्यान

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  561 पटक हेरिएको

काठमाडौं : संयुक्त राष्ट्रसंघको छातामुनि रही विश्व शान्ति कार्य र स्थायित्वको लागि खटिएका ७३  नेपाली सेनाले ज्यान गुमाएका छन्।

हालसम्म विभिन्न ४४ वटा विभिन्न मिसनहरूमा १ लाख ५४ हजार ३ सय ४० जना नेपाली शान्ति सैनिकहरूले सहभागिता जनाइसकेको नेपाली सेनाले जनाएको छ।

आइतबार पत्रकार सम्मेलन गर्दै नेपाली सेनाका युद्धकार्य निर्देशक सहायक रथी रविन्द्र खत्रीले  शान्ति स्थापना गर्ने क्रममा ६९ जना सैनिकहरू घाइते भएको उल्लेख गरे।  घाइते भएका सैनिकले असहज जीवनयापन गरिरहेको पनि उनले बताएइ।

सेनाले हाल ११ वटा मिसनहरूमा नेपाली सेनाका महिला सैनिक ६४२ सहित कुल ५,९१३ जना शान्ति सैनिकहरूको सहभागिता रहेको जनाएको छ।

नेपालले सन् १९५८ देखि सैनिक पठाउन सुरु गरेको हो।  विश्वमा शान्ति स्थापना गर्न नेपाली सेनाको योगदान उल्लेख्य रहेको पनि उक्त पत्रकार सम्मेलनमा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार