गर्भपतनको जोखिम

गर्भपतन गरेको ४–५ दिनसम्म रक्तस्राब भइरहनु, ४८ घण्टाभन्दा बढी समयसम्म १०० डिग्रीभन्दा बढी ज्वरो आउनु, अत्याधिक रक्तस्राब हुनु, रगतको ढिक्का ढिक्का बनेर रक्तस्राब हुनु, तल्लो पेटमा अत्याधिक पीडा हुनु,  कमजोरी महसुष हुनु गर्भपतनपछिको जोखिम हुन् । त्यसैगरी भोक नलाग्नु, योनीबाट दुर्गन्धित डिसचार्ज हुनु, पिसाब र मल त्यागको बानीमा परिवर्तन आउनु, पिसाब वा दिसामा रगत आउनुलाई पनि सामान्य मान्न सकिदैन । ...

आँखा पनि कोरोना संक्रमणको प्रमुख माध्यमः अध्ययन

मानिसको शरीरमा कोरोनाभाइरस प्रवेश गर्ने आँखा पनि एक ‘मुख्य बाटो’ बाटो भएको हङकङ विश्वविद्यालयमा गरिएको एक अध्ययनले देखाएको छ । अध्ययनमा कोरोनाभाइरसको स्ट्रेन सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स) र बर्ड फ्लू (एचफाइभएन१) भन्दा १०० गुणा बढी संक्रामक रहेको जनस्वास्थ्य विज्ञहरुको अध्ययनबाट देखिएको हो । प्रयोगशालामा गरिएको परीक्षणमा कोभिड–१९ गराउने कोरोनाभाइरसको स्ट्रेन सार्स–कोभ–२ (SARS-Cov-2...

साहसी नर्सको कारुणिक कोभिड रात

डा सरोज श्रेष्ठ करिसा पेल्जेल उमेरले ३२/३३ कि,  पेशाले नर्स, पूर्व आइसियू नर्स, अमेरिकी नागरिक, आकर्षक व्यक्तित्व र एकल  जीवन। उनले चाहिन् भने विश्वको अधिकांश मानिसले सोच्ने सपनाको जिन्दगी जिउन सक्छिन्। तर, उनले आम मानिसले भन्दा छुट्टै जीवन जिउने प्रण गरेकी छिन्। बिरामीको सेवामा नै जीवन सार्थक भएको देख्ने उनी कहिले एसिया त कहिले अफ्रिकाको देशहरुमा पुग्छिन्। यता तपाईं हामी सानो सामान किन्न पल...

राैतहटमा थप दुईजनामा काेराेना पुष्टि, कुल संक्रमित ५४

रौतहट, बैशाख १६ गते । रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै रौतहटमा कोरोना संक्रमितको संख्या तीन पुगेको जस मध्ये एक जना निको भएर घर फर्किसकेका छन । नेपालमा भने कुल संक्रमित संख्या ५४ पुगेको छ । जिल्ला प्रशासन कार्यालयले पनि संक्रमणकाे पुष्टि गरेकाे छ । जिल्ला अस्पताल गौरका अधिकृत महेश साहका अनुसार दुई जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो । जिल्लाको देवाही गोनाही नग...

औषधीय गुणले भरिपूर्ण छन् भान्साका यी मरमसला, उपयोग कसरी गर्ने ?

भान्सामा पाइने विभिन्न मरमसलामा औषधीय गुण हुन्छ । यसले हाम्रो शरीरमा प्रतिरक्षा प्रणालीलाई सशक्त बनाउँछ । यसका लागि गुर्जो, दालचिनी, जीरा, धनियाँ, बेसार, लसुन, ज्वानो, असुरो, तुलसी, अमला, आदि उपयोग गर्न सकिन्छ । यी जडीबुटीहरूको उपयोग कसरी गर्ने ? क. गुर्जोको उपयोग गर्दा आफ्नो हातको भित्ताले एक भित्ता (१० देखि १५ से.मी.) लामो ताजा गुर्जोको डाँठलाई राति सिलौटोमा कुटेर एक गिलास पानीमा हालेर छोडिद...

लकडाउनले मानसिक असरः डर चिन्ता बढ्याे, निन्द्रा परेन, बेचैनी हुन थाल्याे

घरमा बस्दा, रेडियो र टेलिभिजन हेर्दा र कुराकानी र छलफलमा समेत कोरोनाकै मात्र कुरा हुन थालेपछि चितवनमा मनोसामाजिक समस्या देखिन थालेको एक अध्ययनले देखाएको छ । कोरोना भाइरसको संक्रमणबाट रोक्नको लागि सरकारले गरेको बन्दाबन्दी (लकडाउन)को कारणले मनोसामाजिक समस्याका बिरामी वृद्धि भएको पाइएको एक अध्ययनले देखाएको हो । मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको बहुसाँस्कृतिक मनोसामाजिक सस्था (टीपीओ) नेप...

डा.शेरबहादुर पुनलाई सरकारले किन माग्याे स्पष्टीकरण, उनी भन्छन्ः कोरोनाबारे बोल्नु गल्ती हाे ?

कोरोना भाइरसबारे सञ्चारमाध्यममार्फत निरन्तर जानकारी गराइरहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) का क्लिनिकल रिसर्च युनिटका संयोजक डाक्टर शेरबहादुर पुनलाई सरकारले स्पष्टीकरण माग गर्दै पत्र पठाएको छ । कोरोनाका विषयमा डा. पुनले दिएका अभिव्यक्तिबारे स्पष्टीकरण माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टर पुनलाई पत्र पठाएको हो । डाक्टर पुनले पनि आफूलाई स्पष्टीकरण माग गरेर पत्र ...

तीन निजी कम्पनीसँग स्वास्थ्य सामग्री खरिदका लागि सम्झौता

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९) को रोकथाम र उपचारका लागि आवश्यक सामग्री खरिदका लागि तीनवटा निजी कम्पनीसँग सम्झौता गरेको छ । स्वास्थ्य सामग्री खरिदको जिम्मा पाइसकेको ओम्नी ग्रुपसँगको सम्झौता भंग गरेको स्वास्थ्य सेवा विभागले बिहीबार तीनवटा कम्पनीसँग खरिद सम्झौता गरेको हो । कोभिड १९ को उपचारमा खटिने स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई सेट), सर्जिकल तथा एन ९५ मास्...

कोरोना संक्रमणको सय दिन : कहाँ के-के भयो ?

एजेन्सी – सन् २०२० सुरु हुनुभन्दा ठिक एक दिन पहिले चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणको १०० दिन पुरा भएको छ। अहिले यो रोग महामारीको रुपमा विश्वभर फैलिएको छ। चीनले ३१ डिसेम्बरमा विश्व स्वास्थ्य संगठनलाई पहिलो पटक यो  रोगको बारेमा जानकारी गराएको  थियो। त्यो बेलामा चीनमा ३४ जनामा मात्र कोरोना भाइरस संक्रमण देखिएको  थियो। पछिल्लो १०० दिनमा यो संख्या ४५ हजार गुणले बढेको छ। अहिलेसम्म ...

इटालीमा कोरोनाका कारण १०० चिकित्सक र २६ नर्सको मृत्यु

एजेन्सी- कोरोना भाइरसका कारण इटालीमा १०० चिकित्सक र २६ नर्सको मृत्यु भएको छ । इटालियन एसोसिएन अफ डक्टर्सले कोरोनाका कारण इटालीमा एक सय जना चिकित्सकको मृत्यु भएको पुष्टि गरेको हो। ६ हजार ५ सय ४९ जना नर्स कोरोना भाइरसका कारण संक्रमित भएको इटालियन फेडेरेसन अफ नर्सले जनाएको छ। इटालियन इन्स्टिीच्युट अफ हेल्थका अनुसार सोमबारसम्म कोरोनाका कारण १२ हजार ६ सय ८१ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्। व...