इटालीमा कोरोनाका कारण १०० चिकित्सक र २६ नर्सको मृत्यु

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  एजेन्सी  541 पटक हेरिएको

एजेन्सी- कोरोना भाइरसका कारण इटालीमा १०० चिकित्सक र २६ नर्सको मृत्यु भएको छ । इटालियन एसोसिएन अफ डक्टर्सले कोरोनाका कारण इटालीमा एक सय जना चिकित्सकको मृत्यु भएको पुष्टि गरेको हो।

६ हजार ५ सय ४९ जना नर्स कोरोना भाइरसका कारण संक्रमित भएको इटालियन फेडेरेसन अफ नर्सले जनाएको छ।

इटालियन इन्स्टिीच्युट अफ हेल्थका अनुसार सोमबारसम्म कोरोनाका कारण १२ हजार ६ सय ८१ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्। व्यक्तिगत सुरक्षात्मक सामग्रीको अभावका कारण स्वास्थ्यकर्मीहरु जोखिममा काम गर्न बाध्य भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार