रामकुमारी झाँक्री स्वास्थ्यमन्त्री बन्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीकी नेता रामकुमारी झाँक्री स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भएकी छन्। बिहीबार बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एकीकृत समाजवादीले पाउने निर्णय गरेको थियो। गठबन्धनमा सहभागी दलहरुले मन्त्रालयको भागबण्डा मिलेपछि एकीकृत समाजवादीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो...

दशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

काठमाडौं । बडा दशैंको दोस्रो दिन आज देशभरका शक्तिपीठ तथा दशैं घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । शक्तिपीठहरुमा विहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा आरधाना गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । दशैंको पहिलो दिन हिजो घटस्थापनामा शैलपुत्री देवीको पूजापाठ गरिएको थियो । आज पनि राजधानीका तलेजु भ...

फेसबुककै पूर्वकर्मचारीले गरिन् फेसबुक ‘कति हानिकारक छ’ भन्ने गोप्य कुरा खुलासा

फेसबुक बालबालिका तथा समाजका लागि हानिकारक भएको खुलासा फेसबुक कम्पनीकै एक पूर्वकर्मचारीले गरेकी छन्। फेसबुकका वेबसाइट र एपले बाबालिकालाई हानि पुर्‍याउने, विभाजन बढाउने र लोकतन्त्रलाई कमजोर पार्ने भन्दै फेसबुकमा प्रडक्ट म्यानेजरका रूपमा काम गरेकी ३७ वर्षीया फ्रान्सिस हाउगनले गोप्य कुरा खोलेकी हुन्। बीबीसीका अनुासर उनले यो कुरा अमेरिकी विधायकहरूसँग भनेकी हुन्। फेसबुकले गर्ने क्षतिरबार...

कृष्णनगरमा झाडापखालाको प्रकोप, २ जनाको मृत्यु, २ सयभन्दा धेरै बिरामी

कपिलवस्तुको कृष्णनगरमा झाडापखालाबाट दुई जनाको मृत्यु भएको छ भने दुई सय भन्दा धेरै बिरामी परेका छन्। कृष्णनगर नगरपालिकाको ७, ८ र ९ नम्बर वडाका विभिन्न गाउँमा विगत दुई दिनदेखि झाडापखालाको प्रकोप फैलिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। झाडापखालाबाट वडा नम्बर ८ का ४० वर्षीय रामप्रसाद केवट र वडा नं. ९ का ५ वर्षीय बालक राज कश्यपको मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख शंकर भट्टराईले जानकारी...

भवनमा विमान खस्दा अर्बपतिसहित ८ को मृत्यु

एउटा निजी विमान उत्तर इटालीको सहर मिलानमा रहेको खाली अफिस भवनमा खस्दा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको छ । सार्डिनिया टापुका लागि मिलानको लिनाते विमानस्थलबाट उडान भरेको सो विमान केही बेरमा नै दुर्घटनाग्रस्त बनेको थियो ।इटालियन मिडियाका अनुसार विमानका चालक ६८ वर्षीय रोमानियन अर्बपति डान पेट्रेस्कु रहेका थिए । उनीसँगै उनको पत्नी र छोराको पनि मृत्यु भएको छ । पेट्रेस्कु रोमानिया सबैभन्दा धनी व्य...

संसारकै खतरनाक आदिवासी, जसको छ मान्छे मार्ने सोख

संसारमा कैयन् रहस्यमय आदिवासी जनजातिहरू बस्दछन् । ती आदिवासीहरु आफ्नो परम्परा, रहनसहन तथा खानपानका कारण चर्चित छन् । कतिपय आदिवासीहरु अझैपनि जंगलमै बस्दछन् अनि हजारौँ वर्ष पूरानो परम्पराको पालना गरिरहेका छन् । जंगलमा राज गर्ने आदिवासीहरू मध्ये कतिपय निकै खतरनाक पनि हुन्छन् । इथियोपियामा बस्ने मुर्सी आदिवासी समुदाय पनि यस्तै खतरनाक आदिवासी समुदाय हो । मुर्सी आदिवासी समुदायले कुनै मानिसको हत्या ग...

बडादसैँको साइत सार्वजनिक, टिकाको साइत १०:०२ बजे शुभ

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ ।  असोज २१ गते बिहीबार बिहान ११ :४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ : ४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ ।असोज २२ गते शुक्रबार झण्डा फेर्ने साइत ११ : ५६ बजे रहेको छ । पश्चिम फ...

नाग्दी खोलामा कार खस्यो, तीनजना बेपत्ता

चितवन : काठमाडौंबाट पोखरा जाँदै गरेको कार पृथ्वी राजमार्गको मुग्लिन नजिकै नाग्दी खोलामा गएराति १२:३० बजे दुर्घटना हुँदा तीनजना बेपत्ता भएका छन् भने एक जनाको घाइते अवस्थामा उद्धार गरिएको छ। कार त्रिशुली नदीमा खसेर दुर्घटनाग्रस्त भएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनका असई नरहरि अधिकारीले जानकारी दिए। प्रहरीका अनुसार काठमाडौंबाट पोखरा जाँदै गरेको ना २ च ४९१८ नम्बरको कार अनियन्त्रित भई सडकबाट झण्डै...

गोरखाको चुमनुव्रीमा पहिरो नियन्त्रणका लागि अर्थमन्त्रीसँग बजेट माग

काठमाडौं । गोरखाको चुमनुव्री गाउँपालिकाका वासिन्दाले पहिरोका कारण वस्ती जोखिममा परेको भन्दै नियन्त्रणका लागि बजेट व्यवस्था गरिदिन अर्थमन्त्री जनार्दन शर्मासँग माग गरेका छन् । आइतबार अर्थ मन्त्रालयमा पुगेका चुमनुव्री गाउँपालिकाका वासिन्दाले वडा नं ३ को सल्लेरी, जगत, नाक्चेत, पाती देवल र घट्टेखोला गाउँ पहिरोको जोखिममा परेको भन्दै संरक्षणका लागि बजेट व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । त्यस्तै ...

तिजमा नाँच्दानाँच्दै किन मुर्छा पर्छन् महिला ?

प्रश्न : तिजमा नाँच्दानाँच्दै किन मुर्छा पर्छन् महिला? यस्तो अवस्थामा के गर्ने? उपचार के हो? उत्तर : तिजमा दर खाने र ब्रत बस्ने प्रचलन साँस्कृतिक दृष्टिले उपयुक्त होला। तर, आफ्नो ज्यान जोगिए न संँस्कृतिलाई जोगाउन सकिन्छ। त्यसैले तिजको दिनमा परम्पराका नाममा रहेका केही कुरालाई परिमार्जन गर्न जरुरी छ, स्वास्थ्यका दृष्टिकोणले। तिजको दिन भएकाले नाँचगानमा रमाइन्छ, त्यो दिन शरीरले अरु समयभन्दा बढी ...