ब्रुसबाङ-भीरमा रहेको खोरियामा निकै संघर्ष गरी छरेको मकैले ६ महिना पनि राम्रोसँग खान पुग्दैन । समय परेको वर्ष उत्पादन पनि ठिकै हुन्छ, नत्र खडेरीले बोट सुकेपछि उत्पादनै हुँदैन । उत्पादित अन्नले खान नपुग्ने भएपछि स्थानीय चेपाङ समुदाय जंगली कन्दमूल र सिस्नो तथा टाँकीको सहारा लिन बाध्य भएको बताउँछन् । राममाया चेपाङ बाबु–आमा र तीनजना बच्चालाई बिहान–बेलुकाको छाक टार्न मुस्किल भएको बताउँछिन् । घरछेउमा...
अनिकालले छोडेन ब्रुसबाङका चेपाङहरुलाई
