सुडान काण्डका दोषी दुई पूर्वआईजीपी जेल चलान

  मनास्लु पोष्ट  949 पटक हेरिएको

काठमाडौं– सुडान घोटालाकाण्डमा मुछिएका दुई पूर्व आईजी  हेमबहादुर गुरुङ र  ओमविक्रम राणाले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन् ।  यसअघि नै उनीहरुलाई अदालतले सो काण्डमा दोषा्ी ठहर गर्दै  जेल सजाय सुनाएको थियो ।
वैशाख १७ गते सर्वोच्चले  सुडान घोटाला काण्डको अन्तिम फैसला सुनाउँदै  प्रहरीका तीन पूर्वआईजीपीसहित अन्य अधिकारीहरुलाई सजाय सुनाएको थियो
सर्बोच्च अदालतका तत्कालिन प्रधान्यायाधीश सुशीला कार्कीको इजलालसले सो फैसला सुनाएको थियो ।
सर्वोच्चले  राणालाई २ वर्ष कैद र ५० हजार जरिवाना, गुरुङलाई १ वर्ष कैद र ४० हजार जरिवाना तथा अर्का  पूर्व आईजीपी रमेशचन्द्र ठकुरीलाई १ वर्ष कैद र ४० हजार जरिवाना सुनाएको थियो।  जसमध्ये ठकुरी अझैं फरार छन् ।
यसैबीच एआईजी दीपक छ्याङदेन र डीआईजी दीपक श्रेष्ठले पनि अदालतमा आत्मसमर्पण गरेका छन् । एआईजी छ्याङदेनलाई ४० हजार जरिवाना एक वर्ष कैद र डीआईजी श्रेष्ठलाई ३० हजार जरिवाना र ६ महिना कैद सजाए  अदालतले तोकेको छ ।
अदालतमा आत्मसमर्पण गरेपछि उनीहरुलाई जेल चलान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार