कोरोना भ्याक्सिन लगाएपछि शारीरिक सम्बन्ध राख्दा कण्डम अनिवार्य !

कोरोना भाइरस भ्याक्सिन लगाएपछि के गर्ने र नगर्ने भन्नेबारे सामाजिक सञ्‍जालमा अनेक टिप्पणी हुने गरेका छन्। खोप लिएका व्यक्तिहरूले विभिन्न प्रकारका प्रश्नहरू सोधिरहेका हुन्छन्। यी मध्ये एक प्रश्न यो पनि हो : कोभिड खोप लगाएपछि यौन सम्पर्क राख्न सुरक्षित छ? नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यससम्बन्धी कुनै निर्देशिका जारी त गरेको छैन, तर विशेषज्ञहरूले यसबारे केही सावधानी अपनाउ...

एउटी बेहुलीसँग बिहे गर्न ४ जना बेहुला पुगेपछि !

काठमाडौं । एउटी बेहुलीसँग बिहे गर्नको लागि ४ जना बेहुला पुगेको र कुनै पनि बेहुलाले बेहुली र उनको परिवार भेट्न नसकेको घटना सार्वजनिक भएको छ ।  घटना भारतको भोपालको हो । जुमन्यूजका अनुसार कुनै पनि बेहुलाले बेहुली र उनका परिवार फेला पार्न नसकेपछि यो विषय पुलिसमा पुगेको थियो । पछि यो घटना ठगीको भएको खुलासा भएको छ । बिहीवार हरदाका एक युवक कोलार क्षेत्रमा रहेको जलकल्याण समितिको कार्यालयमा विवाह गर्...

मनबहादुर पुनद्वारा रचना/संगीतबद्ध राष्ट्रिय गीत ‘मेरो प्यारो नेपाल’ सार्वजनिक (भिडियाेसहित)

संगीतकार  मनबहादुर पुनद्वारा रचना तथा संगीतबद्ध राष्ट्रिय गीत ‘मेरो प्यारो नेपाल’ सार्वजनिक गरिएको छ । भिडियो समेत निर्माण गरिएको यस गीतमा नेपालको सात प्रदेशकै कलाकारहरुले स्वर दिएका छन् । सात प्रदेशका विभिन्न जाति र समुदायका कलाकारले एकसाथ रेकर्ड गराएको राष्ट्रिय गीत सम्भवतः यो नै पहिलो हो । प्रदेश १ बाट विन्दु राई र पासाङ ल्यामु शेर्पा, प्रदेश २ बाट सरोज खिलाडी, अञ्जली पटेल, रिजवान खान...

राष्ट्रिय लोक दोहोरी ब्यवसायी संघको तेस्रो बार्षिक साधारण सभा सम्पन्न

लोक दोहोरी ब्यवसायीहरुको ऐक्यबद्धता, कला, संस्कृतीका संरुक्षण तथा रोजगारीको प्रतिबद्धता भन्ने मुल नारा सहित चैत्र ७ गते शनिबारका दिन राष्ट्रिय लोक दोहोरी ब्यवसायी संघ, काठमाडौं, नेपालको तेस्रो बार्षिक साधारण सभा – २०७७ भब्यताका साथ सम्पन्न भएको छ । सो कार्यक्रम सोही संस्थाका अध्यक्ष रिम बहादुर खत्रीको सभापत्तित्वमा भएको थियो भने प्रमुख अतिथीको रुपमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ल...

मायाजालको बहानामा ब्ल्याकमेलिङ गर्ने महिला गिरोह पक्राउ

कामठाडौं : मायाजालको बहानामा लाखौं रकम असुल्दै हिँड्ने गिरोहको दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ। पुरुषलाई होटलमा बोलाएर गोप्य रूपमा भिडियो खिचेर ब्ल्याकमेलिङ गर्ने दुई महिलालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो। ब्ल्याकमेलिङ गरी पैसा असुलेको आरोपमा महाशाखाको टोलीले सुर्खेत घर भई घट्टेकुलो बस्ने लालसरी शाही र सुर्खेतकै कल्पना हमाललाई पक्राउ गरेको हो। महाशाखाका अनुसार शाहीले कोट...

नयाँ दिल्लीमा कोठी सञ्चालन गर्ने रुकमाया तामाङ पक्राउ

काठमाडौं । भारतको नयाँ दिल्लीस्थित जिबी रोडमा बेश्यालय (कोठी) संचालन गरी बस्ने नुवाकोट दुप्चेश्वर नगरपालिका–२ घर भएकी (चमेली) सिता तामाङ भन्ने ६२ वर्षीया रुकमाया तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । तामाङका सहयोगीले एक महिलालाई चितवनमा चिनजानको मानिसको घरमा काम लगाइदिन्छु भन्दै काठमाडौंबाट बसमा चढाई साथमा लैजाने क्रममा बेहोस हुने औषधी पानीमा मिलाई खुवाई वेहोश बनाएपश्चात तामाङको कोठीमा लगि ...

टिकटक बनाउन आएकी बहिनी बलात्कार गर्ने दाजु पक्राउ

लमजुङ । नाताले बहिनी पर्ने १२ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले १९ बर्षीय युवालाई पक्राउ गरेको छ । बलात्कृत किशोरीको स्वास्थ्य परीक्षणका लागि तनहूँ जिल्ला अस्पताल दमौली पठाइएको छ । दुई जना नातामा दाजु बहिनी रहेको जिल्ला प्रहरी कार्यालय बेसीशहरले जनाइको छ । प्रहरीका अनुसार जिल्ला अस्पताल लमजुङमा सरकारी डा. अहिले नभएको र सुन्दरबजार अस्पतालका डाक्टरले जवर्जस्ती करणीमा परेकाक...

सिन्धुलीमा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

सिन्धुली । हरिहरपुरगढी गाउँपालिका वडा नं. १ चिसापानीमा श्रीमानले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । शुक्रबार राती ११ बजे ४० वर्षीय शेर बहादुर बुजुले श्रीमती ३६ वर्षीय राममाया घलानलाई बञ्चरोले टाउकोमा हानी हत्या गरेका हुन् । बञ्चरो प्रहारबाट घाइते भएकी घलानको उपचारका क्रममा शनिबार विहान १० बजे हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी श्याम बहादुर खत्रीले ...

पहिलो महिला सिपाही जसले सकिन् ‘प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम’

काठमाडौं । पहिलो पटक महिला सैनिकले प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम सफलतापूर्वक सम्पन्न गरेकी छिन् । प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा कात्तिक १८ देखि माघ ६ गतेसम्म सञ्चालन भएको तालिममा सोही शिक्षालयकी महिला सैनिक सिपाही राधिका थापाले ऐतिहासिक सफलता हासिल गरेकी हुन् । उनी पहिलो पटक सहभागी भई सफलतापूर्वक सो तालिम सम्पन्न गर्ने पहिलो महिला सैनिक बन्न सफल भएको नेपाली सेनाले जनाएको छ ...

१६ वर्षीया किशोरी काका र हजुरबुबा नाता पर्नेबाट बलात्कृत

कैलाली । बैतडीमा १६ वर्षीया किशोरी आफन्तबाटै बलात्कारमा परेकी छिन् । जिल्लाको सिगास गाउँपालिकामा १६ वर्षीया किशोरी काका र हजुरबुबा नाता पर्नेबाट बलात्कृत भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले दुई जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको बताए । किशोरीको परिवारले दिएको उजुरीको आधारमा दुईजनालाई नियन्त्रणमा लिएका छौँ,’ डिएसपी अधि...