नयाँ दिल्लीमा कोठी सञ्चालन गर्ने रुकमाया तामाङ पक्राउ

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  658 पटक हेरिएको

काठमाडौं । भारतको नयाँ दिल्लीस्थित जिबी रोडमा बेश्यालय (कोठी) संचालन गरी बस्ने नुवाकोट दुप्चेश्वर नगरपालिका–२ घर भएकी (चमेली) सिता तामाङ भन्ने ६२ वर्षीया रुकमाया तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

तामाङका सहयोगीले एक महिलालाई चितवनमा चिनजानको मानिसको घरमा काम लगाइदिन्छु भन्दै काठमाडौंबाट बसमा चढाई साथमा लैजाने क्रममा बेहोस हुने औषधी पानीमा मिलाई खुवाई वेहोश बनाएपश्चात तामाङको कोठीमा लगि बिक्री गरेका थिए । तामाङले युवतिलाई बन्धक बनाई जबरजस्ती बेश्यावृतिमा लगाएको जाहेरीको आधारमा प्रहरी प्रधान कार्यालय मानव वेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय नुवाकोटको सहयोगमा विदुर नगरपालिकाबाट उनलाई पक्राउ गरेको हो ।

उनी माथी जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार