सङ्खुवासभामा टिपर दुर्घटनाः दुई जना मजदुरको मृत्यु, दुई घाइते

किमाथाङ्का (सङ्खुवासभा), कात्तिक १५ गते । मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत दुई जना भारतीय मजदुरको मृत्यु भएको छ । मकालु–५ फ्याक्सिन्दा दोभानमा एचपी ११–४९३३ नम्बरको टिपर बुधबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । दुर्घटनामा अरुण तेस्रो परियोजनामा कार्यरत टिपर चाल...

तिहारको पहिलो दिन : आज काग तिहार, यमदीपदान पनि आजै

काठमाडौं : कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार। विभिन्न प्रकारका खानेकुरासहित बुधबार कागको पूजा गरिँदैछ। बुधबार १७ घडी ८ पला अर्थात् दिउँसो १ बजेर ५  मिनेटसम्म त्रयोदशी रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। यमपञ्चकको पहिलो दिन कागको पूजा गर्ने विधान रहेको परेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए। तर घडीपलाका हिसाबले मंगलबार नै त्रयोदशी लागेको समितिले जनाएको छ। ...

सल्यानमा मिनी ट्रक दुर्घटना : ४ जनाको मृत्यू, ७ घाइते

सल्यान, कात्तिक १३ गते ।  यहाँ भएको  मिनी ट्रक दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ ।  कपुर कोटको सिनबाङमा सोमबार भएको ट्रक दुर्घटनाका घाइते चालक २६ वर्षीय मान बहादुर भण्डारीको पनि मृत्यु भएको हो । दुर्घटना पछि गम्भीर घाइते उनलाई कपुर कोट आधारभूत अस्पतालबाट तत्काल रिफर गरिए पनि दाङ तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । यो सँगै मृतकको सङ्ख्या ४ पुगेको छ । अन्य ७ जना घाइते भएका छ...

रविलाई दुव्यर्वहार नगरिएको कास्की प्रहरीको प्रस्टोक्ति

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि कुनै पनि दुव्र्यवहार नगरेको जनाएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै गत ८ कात्तिकमा लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराउँदा नेपाल प्रहरीका कर्मचारीले इजलासमा आदरार्थी शब्द प्रयोग नगरेको, इजलासमा हतियारसहित प्रवेश गरेको, धम्क्याएको एवं हि...

ब्युँझिनेबित्तिकै फोन समातिहाल्नु हुन्छ ? गल्ती गर्दै हुनुहुन्छ

‘द ट्राइपड’ नामक पडकास्ट सुनिरहेकी थिएँ। प्रस्तोता ज्याक कर्नफेल्डले आफूले बिहान उठ्नेबित्तिकै फोन समाउनुको सट्टा पिकलबल खेल्न थालेको बताए। यो बदलावले उनको ‘मुड’ ठिक गरेको उनको भनाइ थियो। यो उनको व्यक्तिगत विचारजस्तो लाग्यो मलाई। तर, त्यसले मलाई भित्रसम्म छोयो। लामो समयदेखि बिहान उठेपछि मलाई डरजस्तो लागिरहेको थियो। के बिहानै फोन स्क्रोल गर्न छाड्दा केही फरक पर्ला त! भोलिपल्ट म उठेँ र फोनमा आ...

तिलक रोका मगरको सान्नानीको रुमालै फरर’ गीत सार्वजनिक

काठमाडौं । तिलक रोका मगर र तुलसी घर्तीको स्वरमा रहेको गीत सान्नानीको रुमालै फरर’ सार्वजनिक भएको छ । तिलक रोका मगरको शब्द रचना,अमर रोका मगरको एरेञ्ज र कुमार सानु पुनको मिक्सिङ तथा माष्टरिङ रहेको गीत सान्नानीको रुमालै फररको भिडियो तिहारको अवसरमा सार्वजनिक भएको हो ।   गीतमा आफूले मन पराएको मान्छेको छहारीमा जिउन चाहने आशय व्यक्त गरिएको छ । आफ्नो प्यारो मान्छेको हृदयको धडकन बन्न चाह यसमा ...

लेबनानी बैंक तथा वित्तीय संस्थामा इजरायलको आक्रमण

इजरायलले हिजबुल्लाह समूहलाई समर्थन गर्ने लेबनानी बैंक तथा वित्तीय संस्थाहरूमा आक्रमण गरेको छ। गएराति राजधानी बेरुत तथा दक्षिणी लेबनानका कयौँ वित्तिय संस्थामा आक्रमण भएको र रातभरजसो विस्फोटको आवाज सुनिएको बीबीसीले जनाएको छ। आक्रमणअघि इजरायल डिफेन्स फोर्सेजले राजधानी बेरुतसहितका विभिन्न २४ स्थानमा ठाउँ खाली गर्न चेतावनी दिएको थियो। खाली गर्न चेतावनी दिइएकामध्ये १४ क्षेत्र बेरुतका हुन्। आक्रमणब...

गाजामा इजरायलको आक्रमण, ७३ जनाको मृत्यु

काठमाडौं : उत्तरी गाजाको बेत लाहिया सहरमा इजरायलले गरेको आक्रमणमा कम्तीमा ७३ जनाको मृत्यु भएको छ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा महिला र बालबालिकाहरुसमेत छन् भने ठूलो संख्यामा मानिसहरु घाइते भएका छन्। गएराति भएको बम विस्फोटपछि अझै पनि भग्नावशेष मुनि कयौँ मानिस फसेको आशंका गरिएको छ। हमास अधिकारीहरुले इजरायलले कुनै पनि पूर्व सूचना तथा चेतावनी जारी नगरी सहरमा बम ...

लेबनानमा इजरायली आक्रमण तीव्र , प्रधानमन्त्री नेतान्याहू भन्छन् : हिजबुल्लाहमाथि दया गरिँदैन

इजरायली सेनाले मङ्गलबार पूर्वी लेबनानमा आक्रमण सुरु गरेको लेबनानको आधिकारिक सञ्चारमाध्यमले जनाएको छ।  प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हिजबुल्लाहप्रति कुनै दया नगर्ने वाचा गरेपछि दुई समुहबीच द्वन्द्व चर्किएको हो। प्रधानमन्त्रीको प्रतिज्ञा इरान समर्थित लेबनानी समूहले इजरायली आधारमा गरेको ड्रोन हमलामा चार सैनिक मारिएको एक दिनपछि आएको हो  । 'हामी बेरुतसहित लेबनानका सबै भागमा हिजबुल्लाहमाथि ...

‘जटिल डेंगु’ का पूर्वसङ्केतहरु के-के हुन् ?

काठमाडौं, असोज २९ गते । डेंगु सरुवा रोग हैन तर यो लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गर्छ । डेंगु लक्षणहरुका बारेमा चर्चा हुने गरेको देखिए तापनि अधिकांश सङ्क्रमितहरु लक्षण बाकेर नै आफ्नो कार्यक्षेत्रमा खटिरहेका पनि देखिन्छन् । कतिपय भने घरमा नै आराम गरेर स्वास्थलाभ गरिरहेका अवस्था छ । डेंगुका लक्षणहरुका बारेमा धेरै सुनेको र व्यापक प्रचार भएको पनि देखिन्छ तर जटिलता निम्त्याउन सक्ने सङ्केतहरुका बारे...