निशा घिमिरेको उपचारमा ५० लाख खर्च, सुधारकाे संकेत देखिएन

काठमाडौं । कलाकार निशा घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार हुन नसकेको जनाइएको छ । नर्भिक इन्टरनेशनल अस्पतालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सबै खालका उपचारको पद्धति अपनाउँदा पनि उनको स्वास्थ्यमा सुधार हुन नसकेको अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बास्तोलाले जानकारी दिए। उनका अनुसार दुर्घटनापछि मस्तिष्कमा गम्भीर समस्या देखिएको र लामो समय उपचारविहीन भएकाले घिमिरेको स्वा...

रात्रीकालीन व्यवसायीले प्रमुख जिल्ला अधिकारीलाई बुझाए साँचो

काठमाडौं । आफ्ना व्यवसायमा सरकारले ध्यान नदिएको भन्दै व्यवसाय सञ्चालनको माग गर्दै दोहोरी साँझ र रात्रीकालीन व्यवसायीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) काली प्रसाद पराजुलीलाई साँचो बुझाएका छन् । आइतबार (आज) रात्रिकालिन व्यवसायी व्यवस्थापनका संयोजक विनोद श्रेष्ठको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी पराजुलीलाई भेटेर आफूहरुको व्यवसाय सञ्चालन गर्न सरकारले चासो नदिएको भन्दै चाबी बुझाएको सञ्चारक...

चिसापानीमा पहिरो, नागढुंगा-नौबिसे सडक अवरुद्ध

काठमाडौं : त्रिभुवन राजपथको नागढुङ्गा नौबिसे राजमार्ग अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं २ चिसापानीमा गएको पहिरोले राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ। गएको तीन दिन देखि परेको अविरल वर्षाको कारण गएको पहिरोले राजमार्ग अवरुद्ध भएको हो। राजमार्ग आएको ठूलो पहिरोको कारण उपचारका लागि काठमाडौ आएका बिमारी र अन्य यात्रुहरु समेत मर्कामा परेका छन्। ठूलो पहिरोसँगै आएको ठूलो रुख पन्छाउन समय लाग्ने र प...

राजधानी न्युज पब्लिकेशनका अध्यक्ष शेरचनको निधन

काठमाडौं । राजधानी न्युज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको कोरोना संक्रमणबाट ६७ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारको क्रममा नेपाल एपिएफ अस्पतालमा बुधबार साँझ निधन भएको हो । राजधानी न्युज पब्लिकेशनका संस्थापक अध्यक्ष शेरचन नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीका पूर्व अध्यक्ष समेत हुन् । अहिले मिडिया सञ्चालककै संस्था मिडिया अलाइन्सको उपाध्यक्ष रहेका छन् । संविधानसभा सदस्य स...

नेपाल पक्ष नयाँ दल गठनको गृहकार्यमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नयाँ दल गठनको आन्तरिक गृहकार्यमा जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष एकलौटी रूपमा अघि बढेको निष्कर्षसहित नेपाल पक्ष अब नयाँ दल गठन गर्ने निष्कर्षमा पुगेको छ । विधान संशोधन, सदस्यता नवीकरण, संगठन निर्माणसहित महाधिवेशनको तयारीमा ओली पक्ष एकलौटी रूपमा अघि बढेको नेपाल पक्षको विश्लेषण छ । नेपाल निकटका नेता जगन्...

टाउको र छाती नरहेको शरीरको आधा भाग भेटियो

महोत्तरी जिल्लाको जलेश्वरमा अवस्थित रातो खोलाले बगाएर ल्याएको अवस्थामा आधा शरीर प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वरमा रहेको रातो खोलाको पश्चिमी किनारमा बुधबार प्रहरीले टाउकोसहित शरीरको आधा भाग नरहेको अवस्थामा एक जनाको शव बरामद गरेको छ । जलेश्वर नगरपालिका–३ स्थित मलिवारा गाउँमा बग्दै गरेको रातो नदीको किनारमा पानीमा तैरि...

उपत्यकाका सिडिओहरुको बैठक बस्दै

काठमाडौं । निषेधाज्ञाबारे छलफल गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे बस्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । बैठकमा लामो दुरीका सार्वजनिक यातायातका साधन सन्चालनका सम्बन्धमा पनि छलफल हुने उनले बताए । उनले भने, ‘लामो दुरीका सवारी साधनबारे पनि छलफल हुन्छ, ‘लामो दुरीका गाडीबारे पनि छलफल हुन्छ, तर के गर्ने भन्ने एक...

रहेनन् बलिउडका दिग्गज कलाकार दीलिप कुमार

काठमाडौं । बलिउडका दिग्गज अभिनेता दिलिप कुमारको निधन भएको छ । बुधबार बिहान ९८ वर्षको उमेरमा उनको निधन भएको हो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार जुन ३० मुम्बईको हिन्दुजा अस्पतालमा भर्नामा भएका उनको  उपचारका क्रममा बुधबार बिहान ७ः३० बजे निधन भएको हाे । उनी ९८ वर्षका थिए । विभिन्न रोगले सताएका उनी यसअघि जुन ६ मा पनि अस्पताल भर्ना भएर उपचारपछि डिस्चार्ज्ड भएका थिए । बलिउडमा ‘ट्रयाजेडी किङ’ उपनाम...

गैंडाकोटकी २१ वर्षीया युवती आठ दिनदेखि बेपत्ता

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृत अवस्थामा भेटिएको घटनाले चितवन तातिरहेको बेला चितवनबाट नै अर्की एक युवती हराएकी छिन् । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–४ की २१ वर्षीया बिना सापकोटा असार १४ गतेदेखि बेपत्ता भएको उनको परिवारले जनाएको छ । परिवारको उजुरीका आधारमा प्रहरीले खोजीसँगै उनका प्रेमी भनिएका भरतपुर महानगरपालिका–४ का प्रवेश कँडेललाई पक्राउ गरेर अनुसन्धान थाल...

देशभर लगातार वर्षा : नदी तथा खोलामा पानीको सतह बढ्दा तटीय क्षेत्रमा जोखिम

काठमाडौं : मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार रातभरको वर्षाका देशका विभिन्न नदी तथा खोलाहरुमा पानीको सतह बढी तटीय क्षेत्रमा जोखिम बढेको छ। नदी तथा खोलाहरुमा पानीको सतह निरन्तर बढ्दो क्रममा छ। इलाम, झापा, मोरङका अधिकांश स्थानमा अहिले भीषण वर्षा भइरहेको र थप वर्षाको सम्भावना रहेकाले मेची, कनकाई‚ बिरिङ, निन्दा, चिसाङ, मावा‚ रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोलाको...