चिसापानीमा पहिरो, नागढुंगा-नौबिसे सडक अवरुद्ध

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  597 पटक हेरिएको

काठमाडौं : त्रिभुवन राजपथको नागढुङ्गा नौबिसे राजमार्ग अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं २ चिसापानीमा गएको पहिरोले राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ।

गएको तीन दिन देखि परेको अविरल वर्षाको कारण गएको पहिरोले राजमार्ग अवरुद्ध भएको हो।

राजमार्ग आएको ठूलो पहिरोको कारण उपचारका लागि काठमाडौ आएका बिमारी र अन्य यात्रुहरु समेत मर्कामा परेका छन्। ठूलो पहिरोसँगै आएको ठूलो रुख पन्छाउन समय लाग्ने र पहिरो पन्छाउनका लागि सुरुङ मार्गको डोजर बोलाएको थानकोट नागढुङ्गा प्रहरी चेकपोस्टका प्रहरी निरीक्षक त्रिभुवन थापाले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार