अझै सञ्चालनमा आएन सिञ्जा सभ्यता खस सङ्ग्रहालय

जुम्ला  ।  जुम्लाको सिञ्जा गाउँपालिका–२ मा निर्माणाधीन सिञ्जा सभ्यता खस सङ्ग्रहालय अझै सञ्चालनमा आएको छैन । वि.सं. २०७६ असार ६ गते शिलान्यास गरी निर्माण सुरु भएको छ वर्ष बितिसक्दासमेत काम अझै अधुरै छ । चार हजार वर्गमिटर क्षेत्रफलमा निर्माण भइरहेको सो सङ्ग्रहालयका अधुरा संरचना पनि जीर्ण बन्दै गएका छन् । सङ्ग्रहालय निर्माण उपभोक्ता समितिका सचिव महेन्द्रराज तिवारीले सिञ्जा सभ्यताको ऐतिहासिक, पुरात...

८ औ मनास्लु राष्ट्रिय अवार्ड – २०८१ को नोमिनेशन खुल्ला

काठमाडौ ।  मनास्लु मिडिया प्रा.लिद्धारा सञ्चालित हरपल खवरको रफ्तार...मनास्लु पोष्टको आयोजनामा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित  ८ औ मनास्लु राष्ट्रिय अवार्ड—२०८१ को नोमिनेशन खुल्ला गरिएको छ । यस बर्ष विभिन्न क्षेत्रमा क्रियाशिल रहदै राष्ट्रलाई बिशेष योगदान पु¥याएका १३ जना व्याक्तित्वहरु साहसिक हिमाल आरोही, पर्यटन गाईड, समाजसेवी, संस्कृतविद्, उद्दोगी, व्यावसायी...

थाइ एअर एसियाले थाल्यो भैरहवा–बैंकक उडान

बुटवल । थाइ एयर एसियाले गौतमबुद्ध विमानस्थल भैरहवाबाट बैंकक–भैरहवा–बैंकक उडान आज आइतबारबाट सुरु गरेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलका अनुसार थाइ एअर एसियाले भैरहवाबाट साताको २ दिन उडान गर्नेछ । अब ८ नोभम्बर (२३ मंसिर) मा अर्को उडान हुने विमानस्थलका प्रवक्ता विनोद राउतले जानकारी दिए । राउतका अनुसार बिहान ७ बजे विमानस्थलमा अवतरण गरेको र बिहान ७.४० बजे बैंकक प्रस्थान गरी सकेको छ । विमानम...

सर्लाहीको बरहथवा बजारमा भीषण आगलागी, पसलहरू जल्दा तीन करोडको क्षति

काठमाडौं : सर्लाहीको बरहथवा बजारमा गएराति भीषण आगलागीबाट करिब तीन करोड बराबरको भौतिक क्षति भएको छ। बरहथवा नगरपालिका-७ का किसुन दासको घरमा सञ्चालित विभिन्न पसलमा भएको आगलागीबाट व्यापक क्षति पुगेको हो। आगलागीबाट नरेश साहले सञ्चालन गरेको राजवीर होलसेल किराना पसल, विजय दासको आलु भण्डार र सरोज राउत कुर्मीको कपडा सिलाउने पसलमा क्षति पुगेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ। डीएसपी गौतम थापाल...

माथागढीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

पाल्पा : पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। ट्रकको ठक्करबाट सोही स्थानका ५३ वर्षीय टेकबहादुर ढेँगाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए। बिहीबार साँझ माथागढीको खहरेबाट फेँदीतर्फ जाँदै गरेको लु २ ख १४५ नम्बरको ट्रकले पैदलयात्री ढेँगालाई फेँदीमा ठक्कर दिएको हो। ठक्करबाट गम्भीर घाइते भएका ढेँग...

तास खेलिरहेका ३७ जना पक्राउ, साढे ४ लाख नगद पनि बरामद

कैलाली र डडेल्धुरामा तास खेलिरहेको अवस्थामा प्रहरीले ३७ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई साढे चार लाख भन्दा धेरै रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । कैलालीको घोडाघोडी नगरपालिका–६ अस्नारास्थित कुखुरा फर्मबाट तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका हुन् । प्रहरीले उनीहरुको साथबाट २६ हजार ४ सय २० रुपैयाँ र एक गड्डी तास पनि बरामद गरेको छ।त्यसैगरी डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ ग...

बेपत्ता विपनाको शव फेला

नवलपुर : गत सोमबारदेखि मुग्निलबाट बेपत्ता भएकी १९ वर्षीया छात्रा विपना चौधरीको शव फेला परेको छ । नवलपुरको कुमारवर्ती माध्यमिक विद्यालय, मध्यविन्दु २ कोल्हुवामा कक्षा १२ मा अध्ययनरत मध्यविन्दु नगरपालिका ४ लुस्लहरीकी विपना मुग्लिनबाट बेपत्ता भएकी थिइन् । बिहीबार साँझ ६ बजेतिर नारायणी नदीको किनार मध्यविन्दु १५ को कोलकट्टा क्षेत्रको किनारमा माछा मार्ने बोटेहरुले उनको शव देखेर प्रहरीलाई खबर गरेका...

सङ्खुवासभामा टिपर दुर्घटनाः दुई जना मजदुरको मृत्यु, दुई घाइते

किमाथाङ्का (सङ्खुवासभा), कात्तिक १५ गते । मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत दुई जना भारतीय मजदुरको मृत्यु भएको छ । मकालु–५ फ्याक्सिन्दा दोभानमा एचपी ११–४९३३ नम्बरको टिपर बुधबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । दुर्घटनामा अरुण तेस्रो परियोजनामा कार्यरत टिपर चाल...

तिहारको पहिलो दिन : आज काग तिहार, यमदीपदान पनि आजै

काठमाडौं : कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार। विभिन्न प्रकारका खानेकुरासहित बुधबार कागको पूजा गरिँदैछ। बुधबार १७ घडी ८ पला अर्थात् दिउँसो १ बजेर ५  मिनेटसम्म त्रयोदशी रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। यमपञ्चकको पहिलो दिन कागको पूजा गर्ने विधान रहेको परेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए। तर घडीपलाका हिसाबले मंगलबार नै त्रयोदशी लागेको समितिले जनाएको छ। ...

सल्यानमा मिनी ट्रक दुर्घटना : ४ जनाको मृत्यू, ७ घाइते

सल्यान, कात्तिक १३ गते ।  यहाँ भएको  मिनी ट्रक दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ ।  कपुर कोटको सिनबाङमा सोमबार भएको ट्रक दुर्घटनाका घाइते चालक २६ वर्षीय मान बहादुर भण्डारीको पनि मृत्यु भएको हो । दुर्घटना पछि गम्भीर घाइते उनलाई कपुर कोट आधारभूत अस्पतालबाट तत्काल रिफर गरिए पनि दाङ तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । यो सँगै मृतकको सङ्ख्या ४ पुगेको छ । अन्य ७ जना घाइते भएका छ...