८ औ मनास्लु राष्ट्रिय अवार्ड – २०८१ को नोमिनेशन खुल्ला

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  2601 पटक हेरिएको

काठमाडौ ।  मनास्लु मिडिया प्रा.लिद्धारा सञ्चालित हरपल खवरको रफ्तार…मनास्लु पोष्टको आयोजनामा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित  ८ औ मनास्लु राष्ट्रिय अवार्ड—२०८१ को नोमिनेशन खुल्ला गरिएको छ ।

यस बर्ष विभिन्न क्षेत्रमा क्रियाशिल रहदै राष्ट्रलाई बिशेष योगदान पु¥याएका १३ जना व्याक्तित्वहरु साहसिक हिमाल आरोही, पर्यटन गाईड, समाजसेवी, संस्कृतविद्, उद्दोगी, व्यावसायी, खेलाडी, चलचित्र निर्देशक, सम्पादक, कलाकार, शिक्षासेवी, पत्रकार, बर्षको ब्यक्तित्व बिधा लगाएत ११ जना श्रष्ट्राहरुको मनोनयन गर्ने भएको छ ।  योगदानको आधारमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई फरक फरक अवार्ड विधा अन्तर्गत नोमिनेसन र छनौट गरिनेछ ।

मनास्लु पोष्टका अध्यक्ष मन बहादुर पुनको संयोजकत्वमा अवार्ड मूल समारोह समितिका साथै विभिन्न उपसमितिले मनोनयन गरेको ८औ मनास्लु राष्ट्रिय अवार्ड—२०८१ आगामी माघ १९ गते शनिवार राष्ट्रिय नाचघर जमल काठमाडौमा सम्मान गरिने बताइएको छ ।

८औ मनास्लु राष्ट्रिय अवार्ड कार्यक्रममा मौलिकता झल्किने खालको विविध सांस्कृतिक प्रस्तुति रहने छ भने बुद्धिजीवी, व्यापारी, समाजसेवी, नेपाली चलचित्र र कला संस्कृतिलाई माया गर्ने दर्शकहरु अवार्ड समारोहमा सहभागिता गराउने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार