काठमाडौं । विश्वसम्पदा क्षेत्र स्वयम्भूमा करिब ९ सय वर्षअघिको प्राचिन ढुंगेधारा भेटिएको छ । एक महिनाअघि बाटो विस्तारका क्रममा पुरिएको अवस्थामा ढुंगेधारा निस्किएपछि स्थानीयले पुरातत्व विभागलाई खबर गरेका हुन् । विभाग टोलीले स्थलगत अध्ययनपछि उक्त धारा मध्यकालभन्दा पुरानो रहेको जानकारी दिएको हो । ‘धाराको बनावट हेर्दा काठमाडौं उपत्यकाको ढुंगेधारा संस्कृतिसँग मेल खाँदैन,’ विभागका महानिर्देश...
नौ सय वर्ष पुरानो ढुंगेधारा भेटियो
