काठमाडौँ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१०, महादेवटारमा लिच्छवि लिपियुक्त शिवलिङ्ग भेटिएको छ । साबिक भोटसिपा गाविस वडा नम्बर ८ मा लिच्छवि लिपियुक्त शिवलिङ्ग आँपको रुख र काँडाघारीभित्र रहेको खण्डित जलहरि पीठमा छ पङ्क्तिको प्राचीन अक्षर भेटिएको हो । लिपिविज्ञ डा. श्यामसुन्दर राजवंशीले शिवलिङ्गलाई स्थानीय जनसमुदायमध्ये कतिले जङ्गेश्वर भन्ने गरेको र कतिको तिलेश्वर गुठीसहित मन्दिरको भग्नाव...
लिच्छविकालीन अभिलेख भेटियो
