रौतहटमा धुर्मुस सुन्तलीको अर्को नमुना बस्ती धमाधम निर्माण हुँदै

रौतहट : धुर्मुस सुन्तली फाउन्डेसनले एकीकृत बस्ती निर्माणको चौथो परियोजना अन्तर्गत हाल चन्द्रपुर नगरपालिका ८ सन्तपुरका दलित बस्तीमा ४७ घर बनाउँदैछन्। असोज ४ गतेदेखि सुरु भएको बस्ती निर्माणको काम अहिले तिब्र गतिमा भइरहेको छ। माघको २४ गते बस्ती हस्तान्तरण गर्ने लक्ष्यका साथ काम भइरहेको फाउन्डेसनले जनाएको छ। पाँच करोड ७५ लाखको लागतमा बन्न लागेको यस बस्तीमा ४७ वटा आवासीय घर, एउटा भ्यु टावर, एउटा सामुदा...

प्रेम गरेको भन्दै युवतीलाई चरम यातना

रुपन्देही– यहाँस्थित मर्चवारमा भएको महिला हिंसाको एक गम्भीर घटनालाई प्रहरीले भद्रभलादमीको बहानामा पीडकलाई उन्मुक्ति दिएको रहस्य खुलासा भएको छ । प्रेम सम्बन्धमा रहेका २ जना प्रेमीहरुको भेद खुल्दा किशोरीले अमानवीय यातना भोग्नु परेको छ । प्रेम सम्बन्धकै कारण किशोरीलाई उनको परिवार र छिमेकी समेतले चरम यातना दिएको भिडियो सार्वजनिक भएपनि प्रहरीले पीडकलाई कुनै कारवाही नगरी छोडेपछि यो घट्नाको चौतर्फि अल...

मन बहादुर पुनको उपन्यास त्रिनेत्र बिमोचन

मनास्लु पोष्ट १० जेठ । काठमाडौ देखि मनास्लु सम्मको एउता सुन्दर यात्रा मन बहादुर पुनको संस्मरणात्मक उपन्यास त्रिनेत्र प्रमुख अतिथि समाजसेवी एवं पुन समाज नेपाल विदेश प्रमुख चाम बहादुर पुन साथैं बिशिष्ट अतिथि समाजसेवी नीमा लामा र ओम पुनको सहभागीतामा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौमा विमोचन भएको छ । कार्यक्रममा अतिथिहरु चित्र बहादुर पुन,हर्कवीर पुन,तुल प्रसाद पुन,हर्क बहादुर पुन,मगर राष्ट्रि...

गुरुङ जातिको पुर्खौली थलो क्हाेला साेथरको ईतिहास

  नेपालको पश्चिमी क्षेत्रको कास्की, लमजुङ, गोर्खा र अन्नपूर्ण हिमशृङ्खला आसपासका जिल्लाहरुमा बसोबास गर्ने जनजाति हुन् गुरुङ (तमु)। सन् २००१ को जनगणनाअनुसार यो जातिले नेपालको कुल जनसङख्याको २.३९% भाग छ। अहिले संसारभरी छरिएर बसे तापनि गुरुङहरुको आदिम थलो भने क्होला सोँथर मानिदै आएको छ। गुरुङहरुको धार्मिक ग्रन्थ 'प्येताँ ल्हुताँ' र केही इतिहासविदका अनुसार गुरुङहरु क्होला सोँथरभन्दा अगाडि म...

खेलकुद प्रशिक्षक एवं कोच सागर गुरुङ

गोरखा लापा्रकका सागर गुरुङ नेपालको खेलकुद बिकास,संर्मक्षण, सम्बद्धनको लागी निरन्तर १६ बर्षदेखि खेलकुद क्षेत्रमा लागिरहेका छन । उनले भारतमा ३ बर्ष क्रिकेट २ बर्ष फुटबल खेलसँगै सन २००३ देखि सोतोकाङ कराते सिकेका सागर गुरुङ सोतोकाङ कराते बाट ब्राउन बेल्ट ,ब्याल्क बेल्ट(शो डान)सम्म हासिल गरेका थिए । लगतै नेपाल फर्के सगै जापान नान्बुकाई सितोरियो कराते डो मा आबद्ध रहेर जापान नान्बुकाइ सितोरियो कराते...

मन्त्रालयको निर्देशन कार्यान्वयनमा ढिलाई

रोल्पा फागुन २६ । स्वास्थ्य मन्त्रालयले फागुन मसान्त सम्म अस्पताल परिसर भित्र आफ्नै फार्मेसी सञ्चालन गर्नुपर्ने निर्देशन दिएपनि जिल्ला अस्पताल रोल्पामा अझै मार्फेसी सञ्चालन हुन सकेको छैन ।स्वास्थ्य सेवा सुलभ र व्यवस्थित गराउने उद्देश्यले नेपाल सरकार स्वास्थ्य मन्त्रालयले प्रत्येक जिल्ला अस्पतालले फागुन मसान्त भित्र आफ्नै अस्पताल परिसर भित्र फार्मेसी सञ्चालन गर्न निर्देशन गरेको थियो । तर रोल्पा जिल...

कोहलपुरमा वैशाखदेखि ४० करोड लगानीको चारतारे होटल

१९ फागुन, काठमाडौं । पश्चिम नेपालको प्रवेशद्धार बाँकेको कोहलपुरमा आउँदो बैशाखदेखि सुविधासम्पन्न चारतारे होटल सञ्चालनमा आउने भएको छ । होटल सेन्टर प्लाजा प्रालिले कोहलपुर नगरपालिका-४ महेन्द्रनगर रोडमा होटल सेेन्टर प्लाजा सञ्चालनमा ल्याउन लागेको हो । १६ रोपनी क्षेत्रफलमा फैलिएको यो होटल ४० करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न हुने बताइएको छ । बैशाखको दोस्रो हप्ता सञ्चालनमा ल्याउने लक्ष्य राखिएको हो...

आखिर किन छ अझै नोकिया ३३१० को क्रेज ?

आफ्नो १७ वर्ष पुरानो ह्यान्डसेटलाई दोहोर्‍याएर बजारमा ल्याएर नोकिया फेरि चर्चामा आयो । प्रयोगकर्ताहले यो पुरानो ह्यान्डसेट ३३१० लाई मन पराइरहेका छन् । यो मोबाइल सन् २००० मा पहिलोपटक बजारमा आएको थियो । वर्षौंपछि बटनवाला, २ जी नेटवर्कमा चल्ने यो फोनको लन्चले संकेत गर्छ कि जहाँ दुनिया स्मार्टफोनको मामलामा ठूलो स्क्रीनबाला इन्टरनेटमा जिउने फोनतर्फ दौडिरहेको छ, पुरानो प्रविधिलालाई चाहनेहरु पनि कम छै...

सिफल चौरमा शेर्पा समुदायको ल्होसार

१६ फागुन, काठमाडौं । शेर्पा समुदायले ग्याल्बो ल्होसार नयाँ वर्षको रुपमा विभिन्न कार्यक्रम गरी मनाएका छन् । काठमाडौं उपत्यकामा बसोबास गर्ने शेर्पा समुदायले सिफलचौरमा भेला भएर ल्होसार मनाए । ग्याल्बो ल्होसार कार्यक्रमको प्रधानमन्त्री प्रचण्डले उदघाटन गरेका थिए । हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले आयोजना गरेको कार्यक्रममा आदिवासी शेर्पा समुदाय परम्परागत पोशाक र साँस्कृतिक झाँकीसहित सहभागी थिए । ग्...