प्रेम गरेको भन्दै युवतीलाई चरम यातना

  Manaslu Post  1051 पटक हेरिएको

रुपन्देही– यहाँस्थित मर्चवारमा भएको महिला हिंसाको एक गम्भीर घटनालाई प्रहरीले भद्रभलादमीको बहानामा पीडकलाई उन्मुक्ति दिएको रहस्य खुलासा भएको छ ।

प्रेम सम्बन्धमा रहेका २ जना प्रेमीहरुको भेद खुल्दा किशोरीले अमानवीय यातना भोग्नु परेको छ । प्रेम सम्बन्धकै कारण किशोरीलाई उनको परिवार र छिमेकी समेतले चरम यातना दिएको भिडियो सार्वजनिक भएपनि प्रहरीले पीडकलाई कुनै कारवाही नगरी छोडेपछि यो घट्नाको चौतर्फि अलोचना र विरोध भइरहेको छ ।

बालछोरी प्रेम सम्बन्धमा रहेको थाहा पाएपछि उनका बाबु, दाजुभाई र छिमेकीले समेत क्रुर तरिकाले उनलाई लाठी, मुक्का लगायतले प्रहार गरेको भिडियो सार्वजनिक भएको छ ।

घटना हो–रुपन्देहीको मर्चवारको । मर्चवारको सम्मरीमाई गाउँपालिका वडानम्बर ६ डिहुलीका एक स्थानीय यादव थरकी बालिकाको बालविवाह भएको थियो । पछि उनि आफ्नै गाउँका २० बर्षिय दिने लोधको प्रेममा परिन् । प्रेम गर्नुको मूल्य पनि उनले ठूलै चुकाउनु पर्यो । प्रेममा रहेको थाहा पाएपछि उनका बाबु ईन्नर अहिर लगायत उनका परिवारले किशोरी र उनका प्रेमी लोधलाई फिल्मी शैलीमा चरम यातना दिएका थिए । घटनाकरिब १० दिन पहिलाको भएपनि स्थानीय युवाहरुले मोबाईलमा खिचेको भिडियो सार्वजनिक गरेपछि मात्र घटना बाहिर आएको हो ।

किशोरीलाई चरम यातना दिने उनका बाबु लगायत उनको परिवारले उल्टै केटा पक्षबाट जरिवाना तिराई पीडकलाई पुरस्कृत गरेका छन् । केटा दिनेश लोधले किशोरीको विवाहखर्च बापत नगद १ लाख केटीको बाबु ईन्नर यादवलाई बुझाएका छन ।

पीडकलाई छुटाउन एवम पुरस्कृत गराउन मर्चवारी माई गाउँपालिकाका अध्यक्ष केशव नन्दबनिया, सम्मरी माई गाउँपालिका वडानम्बर ६ का वडाध्यक्ष सत्यनारायण केवट र स्थानीय जनार्दन यादवको भुमिका मूख्य रहेको छ । स्थानीय जनताद्धारा निर्वाचित यी प्रमु्खहरुले पीडकलाई कारवाही गराउनुको सट्टा पिडकलाई पुरस्कृत गराएका छन् ।

पीडितलाई यातना दिने उनका बाबु तथा उनका परिवारलाई पनि प्रहरीले हिरासतमा लिए पनि कुनै कारवाही नगर्दा पीडित झन आहतभएकी छिन । ईलाका प्रहरी कार्यालय मर्चवारका निमित्त प्रमुख नरिश्वर अर्यालले बाबु ईन्नर अहिरलाई हिरासतमालिए पनि उनि पटक पटक बेहोस हुने, बरबराउने गरेका कारण स्थानीय भद्र भलादमीको रोहवरमा छाडिएको बताए ।

रुपन्देहीको मर्चवारमा किशोरी चरम यातनाको शिकार हुँदासम्म महिला हिंसा लगायत बिभिन्न क्षेत्रमा कामगर्ने अधिकारकर्मीहरु मौन छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार