चैत्र १०, २०७४ शनिबार । स्वदेशी श्रम, पुँजी र प्राकृतिक स्रोतसाधन समृद्धिका मुल आधार, सबैलाई रोजगार न्युनतम मासिक तलव तीस हजारू भन्ने मुल नारा सहित राष्ट्रवादी श्रमिक महासंघको प्रथम ऐतिहासिक राष्ट्रिय भेला काठमाडौंमा सम्पन्न भएको छ ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा राष्ट्रवादी केन्द्र नेपालका संयोजक श्री चन्द्र बहादुर थापा (सागर) भने आज देशको प्रमुख समस्या बेरोजगारी हो । यसको समाधान गर्ने दायित्व राज्यको हो जुन संविधानमा उल्लेख गरिएको छ । बेरोजगार वर्गको मुक्ति नै राष्ट्रिय मुक्ति हो भन्ने मुल राजनीतिक विचार नै आजको आवश्यकता हो । जुन नागरिक , राष्ट्र, राष्ट्रियता र तत्कालीन देशको परिस्थिति सुहाउँदो स्वदेशी विचार हो । बेरोजगार वर्गको मुक्तिबाट मात्र राष्ट्रिय मुक्ति हुन्छ।राष्ट्रिय मुक्ति भन्नाले जातीय , क्षेत्रीय , लैंगिक, धार्मिक र श्रमिक वर्गको मुक्ति हो ।
श्रमिक वर्गको मुक्ति सबैलाई श्रम, सीप, क्षमता, योग्यता , दक्षता र कला अनुसार स्वदेशमै रोजगार , न्युनतम मासिक तलव तीस हजार सुनिश्चितता बाट मात्र हुन्छ । थापाले भने राज्यको दायित्व र नागरिकको मौलिक हक हो । नागरिकको बाँच्न पाउने मानव अधिकारलाईकार्यान्वयन गराउनका लागि उपस्थित विभिन्न श्रम क्षेत्रमा कामगर्नुहुने श्रमिकहरूलाई एक पटक राज्यले वैधानिक रूपमा युवाहरूलाई विदेश बेच्ने नीति र व्यवस्थाका विरुद्ध र सबै बन्द गरिएका र नयाँ सम्भावना भएका उद्योग संचालन गरि स्वदेशमै काम गरि खाने नीति र व्यवस्था का लागि व्यवसायी र श्रमिकहरु मिलेर शान्तिपुर्ण नागरिकको बौद्धिक आन्दोलन जरूरी रहेको बताउदै सबैलाई संगठित भएर लाग्नुपर्ने बताए ।
राष्ट्रवादी श्रमिक महासंघ यो कुनै राजनीति दल र दलको नभएकोले कुनै व्यक्ति, व्यवसायी , संघ, संघठन र राजनीतिक दलको विरुद्ध नभई राज्यको नीति र व्यवस्था विरुद्ध भएको प्रस्ट्याए । उक्त राष्ट्रिय भेलाले सर्वसहमत श्री निरज कुमार पुन को अध्यक्षतामा ७५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । वरिष्ठ उपाध्यक्षमा राम थापा, उपाध्यक्ष गणेशमान श्रेष्ठ , महासचिवमा किरण देउवा, उपमहासचिव मा त्रय शिशिर भट्ट, प्रकाश सुवेदी, अनिल थापा मगर, सचिवहरूमा जेनि मेक्चन, ईश्वरी प्रसाद फुयाल, जंगबहादुर राई, राकेश वि क , मणि वराईली र कोषाध्यक्षमा सबिता के सि लाई निर्वाचित भएकाछन । महासंघको ईन्चार्ज मा दिपक वि सि लाई चयन गरेको छ ।
भेलामा राष्ट्रवादी केन्द्र नेपालका २२ वटै भातृसंगठनका अध्यक्षहरूले बधाई सहित शुभकामना मन्तब्य राखेकाथिए । महासंघको नवनिर्वाचित अध्यक्ष पुनले राज्यले गाउँ गाउँमा युवाहरूलाई बेच्न श्रम कार्यालय खोल्ने सरकारको नीति, व्यवस्था र विदेशीहरूका एजेन्टहरूका विरुद्ध बौद्धिक आन्दोलन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

1964 पटक हेरिएको 

