सगरमाथा आरोहणका लागि अहिलेसम्मकै बढी अनुमति

वैशाख ६, सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सबैभन्दा बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका सूचना अधिकारी दुर्गादत्त ढकालका अनुसार मङ्गलबारसम्ममा सगरमाथा आरोहणका लागि ३९ समूहका ३६५ जनाले आरोहण अनुमति लिएका छन् । सो सङ्ख्या अहिलेसम्मकै बढी भएको उहाँले बताए । गत वर्ष कुल ३४ समूहका २८९ जनाले आरोहणको अनुमति लिएका थिए । ‘यस वर्ष अनुमति लिने क्रम चलिरहेको छ, वैशाख मध्य...

सगरमाथामा जाम हुने सम्भावना

सगरमाथा आरोहणका लागि अनुमति लिने आरोहीको सङ्ख्या बढ्दै जाँदा सगरमाथामा ट्राफिक जाम हुने सम्भावना बढेको छ। सगरमाथाको आधार शिविर पुग्न थालिसकेका आरोही करिब एक महिना त्यहाँ बिताएर यही वैशाखको पाँचौ हप्ता मौसम अनुकूल हेरेर सगरमाथा चढ्छन्। मौसम राम्रो भएकै बेला सबै आरोही दोस्रो, तेस्रो वा चौथो शिविरबाट शिखरतर्फ जाने भएकाले चौथो शिविरदेखि शिखरसम्मका विभिन्न स्थानमा ट्राफिक जाम हुने जोखिम हुन्छ। सग...

८६ बर्षिय शेरचनको बैशाख ३ देखि सगरमाथा आरोहण सुरु

काठमाण्डौ,१ बैशाख । म्याग्दीको भुरुङ तातोपानीका ८६ वर्षीय पूर्व गोरखा सैनिक मीन बहादुर शेरचन पुनः विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने तयारी अन्तिम चरणमा पुगेको छ । शेरचन बैशाख ३ गते देखि सगरमाथा चढ्ने तयारी सम्पन्न भएको मीन बहादुर शेरचन सगरमाथा आरोहणका संयोजक जित बहादुर घर्ती मगरले बताएका छन् । सगरमाथा आरोहणका लागि शेरचन ज्यू  बैशाख ३ गते आइतबार बिहान काठमाण्डौबाट हेलिकप्टरमा नाम्चे प्रस्थान...

घुम्नै पर्ने नेपालका १० ठाउँहरु

भौगोलिक, प्राकृतिक र साँस्कृतिक सम्पदाले समेत भरिपूर्ण देश हो नेपाल । एक सानो भुपरिवेष्ठित देश हुनुको साथै एसियाका दुई विशाल देशहरु चीन र भारतको बिचमा रहेको छ । १०. तिलिचो ताल तिलिचो ताल विश्वको सबैभन्दा अग्लो उचाइमा रहेको ताल मानिन्छ । ५,००० मिटरको उचाइमा अवस्थित यो ताल नेपालको मनाङ जिल्लामा पर्छ । अन्नपुर्ण पदयात्रा गर्ने सबैले थोरोङ्ग्ला पास गर्दा यो ताल भएर जाने गर्छन् । मनाङ र तिलिच...

हलेसीमा रामनवमी मेला, दर्शनार्थीको घुइँचो

खोटाङ, २३ चैत । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा पूजाआजा गर्ने दर्शनार्थीको बाक्लो भीड लागेको छ । रामनवमीको अवसरमा १५ दिनसम्म लाग्ने मेला भर्न र दर्शन गर्न आउने दर्शनार्थीको आज बिहानैदेखि बाक्लो भीड लागेको हो । मेलामा नेपालका सबै जिल्ला तथा छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरियालगायतका हजारौँ दर्शनार्थीको उपस्थिति रहेको छ । हिन्दू, बौद्ध र किरातधर्मावलम्बीको सङ्गमस्थल...

डोल्पालीको मोटर चढ्ने सपना चाँडै पूरा हुने

चैत १८, डोल्पा । डोल्पा सदरमुकाम दुनैसम्म राष्ट्रिय सडक सञ्जालको पहुँच पुर्याउन नेपाली सेना सडक निर्माण कार्यमा अहोरात्र खटिएको छ । जाजरकोट—डोल्पा सडकखण्डको जम्मा ११७.७ किमी सडकमध्ये एकसय आठ किमी सडक निर्माण कार्य सम्पन्न भइसकेको र नौ किमी सडक मात्र बाँकी रहेको र अबको एक वर्षभित्रै सदरमुकाम दुनै जोड्ने लक्ष्य रहेको सेनाले जनाएको छ । अहिले त्रिवेणी—करोपगाड सडकखण्डको निर्माण कार्य तीव्र पारिएको ...

घुम्टेमा पाँचौ लालीगुराँस उत्सव हुने

गलकोटको पर्यटकिय गन्तव्य घुम्टेमा चैत ३१ र वैशाख १ गते पाँचौ लालिगुराँस उत्सव हुने भएको छ । गलकोट घुम्टे पर्यटन विकास केन्द्रको आयोजनामा उक्त उत्सव हुन लागेको हो । गलकोटको घुम्टेलाई गन्तव्य स्थलको रूपमा विकास गर्न र राष्ट्रिय लालिगुराँस फूलको संरक्षण र प्रचार प्रसार गर्न उक्त उत्सव हुन लागेको संस्थाका उपाध्यक्ष राज थापाले बताए । उत्सवमा हजारौँ आन्तरिक तथा बाह्य पर्यटकले घुम्टे लेकको विभिन्न प्र...

मनास्लु क्षेत्रमा पर्यटकको आगमन बढ्यो

मनास्लु पोष्ट गोरखाको मनास्लु हिमालको मनोरम दृश्य अबलोकन गर्न आउने पर्यटकको आगमन दिन प्रतिदिन बढ्न थालेको छ । केहि दिन अघि ठुलो पानी पर्नुको साथै एक्कासी तापक्रम बढेपछि मनास्लु क्षेत्रमा परेको हिउ पग्लि सकेको छ भने मौसम सफा दखिनाले पर्यटकहरुमा खुसी छाएको छ । फागुनवाट सुरु भएर जेठको अन्तिम सम्म चल्ने यो सिजनका लागि चहलपहल सुरु भएको नामरुङका समाजसेवि एवं पर्यटन, होटेल व्यावसायी लाक्पा डुण्डुप ला...

दुबै खुट्टा हिउले खाइसकेको अवस्थामा एक भारतिय फेला

मनास्लु पोष्ट मनाङ हुदै लार्के पास गरेर मनास्लु घुम्न गएका एक भारतिय नागरिकको दुबै खुट्टा हिउले खाइसकेको अवस्थामा वि गा.वि.सको वि फेदीको बाटोमुनि ओदारमा फेला परेका छन ।उनको दायाँ बायाँ दुवै खुट्टा हिउले छियाछिया पारेको छ । वेहोस अवस्थामा स्थानियले भेटे पछि उनको सामान्य उपचारको लागी समाजसेवी एवं पर्यटन व्यावसायी लाक्पा डुण्डुप लामा र पो्रक ७ मा रहेका माउण्टेन चियलका डा. बिरेन्द्रले सहयोग गर्नुक...

धौलागिरि पदमार्गको नक्सा तयार

म्याग्दी । हिमाली क्षेत्रमा पर्यटक भित्र्याउनका लागि म्याग्दी हुँदै रुकुम र डोल्पा जोड्ने गरी पहिचान गरिएको पश्चिम धौलागिरि’ पदमार्गको नक्सा तयार गरिएको छ । रुकुमका युवा पर्वतारोही मनबहादुर खत्रीको प्रयासमा हिमाली क्षेत्रलाई समेटेर विभिन्न रुट पहिचान गरिएको उक्त पदमार्गको हालै विभिन्न निकाय र सङ्घसंस्थाको आर्थिक सहयोगमा नक्सा तयार गरिएको हो । म्याग्दीमा हालै सञ्चालनमा आएको धौलागिरि सेन्चुरी ...