सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ: मन्त्री भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुुकको पर्यटन विकासका लागि मन्त्रालयले विभिन्न कार्यक्रम अगाडि सारेर काम गरिरहेको बताएका छन् । नवनियुक्तमन्त्री भट्टराईलाई बुधवार मन्त्रालयमा बधाई दिन पुुगेको नेपाल व्यापार सङ्घको टोलीसँग कुराकानी गर्दै उनले मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको यस क्षेत्रको विकासमा मन्त्रालय लागिरहेको बताएका हुन् । “ सन् २०२० मा ...

लिगलिगे दौडदेखि राष्ट्रसङ्घीय शान्ति गोष्ठीसम्म

काठमाडौँ, । सरकारको सन् २०२० को भ्रमण वर्ष सफल तुल्याउन नेपाली सेनाले ऐतिहासिक लिगलिगे दौडदेखि संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यसम्बन्धी गोष्ठी गर्ने भएको छ । रक्षा मन्त्रालय र नेपाली सेनाबाट आव २०७५÷७६मा सम्पादित कार्यको वार्षिक प्रगति समीक्षा बैठकमा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल सरकारको प्राथमिकतामा परेको भ्रमण वर्ष २०२० लाई सफल तुल्याउन सेनाले विभिन्न कार्यक्रम सञ्चालनका ला...

ज्यानै दाउमा राखेर डरलाग्दो तारेभीरमा मह सिकारी

https://www.youtube.com/watch?v=nQiT2ExiVsc म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जाको घ्यासपुरमा रहेको भीरमा ‘हनी हन्टीङ’ सुरु भएको छ । वर्षौँदेखि आफ्नो पुर्ख्यौली चलनका रूपमा गुर्जावासीहरूले ज्यानै दाउमा राखेर डरलाग्दो अग्लो तारेभीरबाट भीरमौरीको मह निकाल्दै आएका छन् । मह काढ्न जानेहरू झन्डै ५ सय मिटरभन्दा अग्लो भीरमा डोरीबाट निर्माण गरिएको भर्‍याङको सहायताली भीरमा सिंगौरी खेल्दै मह निका...

पदमार्गले जोडिँदै दुई ऐतिहासिक गढी

सिन्धुली । नेपालको गर्विलो इतिहास बोकेका हरिहरपुर गढी र सिन्धुलीगढी अब पदयात्रीका लागि जोडिने भएका छन् । दुई गढीलाई पदमार्गले जोड्दै पर्यटक तान्ने योजना बनेपछि ऐतिहासिक सम्पदाको संरक्षणसँगै पर्यटकीय गतिविधि बढ्ने भएपछि स्थानीयमा उत्साह छाएको छ । ‘एकीकरण पदमार्ग’ नाम दिइएको यस ‘भर्जिन रुट’ मा पर्यटन वर्ष २०२० मा पदयात्री लैजाने लक्ष्यसाथ नागरिक अभियन्ता, स्थानीय, प्रदेश र सङ्घीय सरकारले चासो बढाएक...

जेठ १५ देखि गणतन्त्र सङ्ग्रहालय खुला हुँदै

काठमाडौँ, जेठ १२ गते ।  नारायणहीटिभित्र बनेको गणतन्त्र सङ्ग्रहालय यही जेठ १५ देखि सर्वसाधारणका लागि खुला हुँदैछ । सङ्ग्रहालयभित्र गणतन्त्रसँग सम्बन्धित तस्बिर, सम्बन्धित सामग्री, लेखरचना आदि सङ्कलनको जिम्मा नेपाल कला परिषद्ले पाएको छ । परिषद्ले आफ्नो ७५ प्रतिशत काम पूरा गरिसकेको परिषद्का कार्यकारी सदस्य नरेश सैँजुले जानकारी दिनुभयो । “काठमाडौँका विभिन्न पुराना तथा नयाँ फोटोग्राफरमार्फत नेपालका विभ...

दुई एकल महिलाले गरे सगरमाथा आरोहण

सोलुखुम्बु । आरोहण यात्रामा रहेका दुई एकल महिलाले सगरमाथाको शिखरमा पाइला टेकेका छन् । ‘हामी पनि गर्नसक्छौँ’ भन्ने नारासहित सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–४ खुम्जुङका निमाडोमा शेर्पा र फुरदिकी शेर्पाले सगरमाथाको सफल आरोहण गरेका हुन् । सगरमाथा क्षेत्रमै पति गुमाएका निमा डोमा शेर्पा र फुरदिकी शेर्पाले बिहीबार बिहान ५ः२५ मा सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्...

इतिहासकै सबैभन्दा बढी आरोहीले सगरमाथाको चुचुरो चुमे

काठमाडौँ, जेठ ९ गते । सगरमाथा आरोहणको वसन्त ऋतुको याममा इतिहासकै सबैभन्दा बढी आरोहीले सगरमाथाको चुचुरो चुमेका छन् । पर्यटन विभागका अनुसार यस याममा जारी हिमाल आरोहणका क्रममा आजसम्म ३५० भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । विभागको पर्वतारोहण शाखाका अनुसार यस याममा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका ३८१ ले आरोहण अनुमति लिएका छन् । सन् २०१८ मा ३८ आरोही समूहका ३४६ ले आरोहण अनुमति ल...

कामीरिता शेर्पाले चढे २३ औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथा

काठमाडौँ — कामीरिता शेर्पाले २३ औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । उनले बुधबार बिहान ७ बजेर ५० मिनेटमा सगरमाथाको चुचुरोमा पुगेर सबैभन्दा धेरैपटक सगरमाथाको चुचुरोमा पुग्ने विश्व कीर्तिमान राखेका हुन् । २३ औं पटक सगरमाथाको सफल आरोहण गरेर उनले आफ्नै कीर्तिमान तोडेका छन् । पर्यटन विभागकी सम्पर्क अधिकृत मिरा आचार्यले कामीरिताले सगरमाथाको सफल आरोहण गरेका पुष्टि गरेकी छन् । उ...

सगरमाथा आरोहण खुला, ८ सदस्यीय शेर्पा टोली चुचुरोमा

काठमाडौं । यो सिजनको पहिलो सगरमाथा आरोहीको टोली शिखरमा पुगेको छ । आरोहीहरुका लागि बाटो बनाउँदै अघि बढेको शेर्पा टोली अपरान्ह पौने दुई बजे चुचुरोमा पुगेको पर्यटन विभागले पुष्टि गरेको छ । सगरमाथा आरोहणका लागि अनुमति लिएर गएका स्वदेशी तथा विदेशी टोली एक डेढ महिनादेखि आधार शिविरमा बसिरहेका छन् । आरोहण सुरु हुनु अघि डोरीसहित गएका शेर्पाले बाटो बनाउने गर्छन् । दोलखाका शिद्धिवहादुर तामाङको नेतृ...

सगरमाथा आरोहणमा आकर्षण बढेसँगै आधार शिविरमा घुइँचो

सोलुखुम्बु, वैशाख २७ गते । नेपाल तथा विश्वका विभिन्न देशबाट सर्वोच्च शिखर सगरमाथालगायत विभिन्न हिमाल आरोहण गर्नका लागि आएका टोली सगरमाथाको आधार शिविरमा प्रवेश गर्न थालेपछि यतिखेर आधारशिविर खचाखच भएको छ । यस वर्ष विभिन्न देशका विदेशी तथा स्वदेशी ५५६ जना आरोही सगरमाथालगायतका हिमाल आरोहण गर्न आधार शिविरमा भेला भएका हुन् । पर्यटन विभागबाट हालसम्म अनुमति लिएकामध्ये सगरमाथा आरोहणका लागि विदेशी ३५ समूहब...