राउटे संरक्षण गर्न छुट्टै समिति : विधेयकसहित कोरिडोरको खाका तयार पारिने

सुर्खेत, । कर्णाली प्रदेश सरकारले कर्णालीका विभिन्न जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायको संरक्षणका लागि छुट्टै समन्वय समिति गठन गरेको छ । सामाजिक विकास मन्त्रालयले राउटे समुदायका लागि विधेयक बनाउन, राउटेको प्रोफाइल तयार पार्न र राउटे कोरिडोरको खाका तयार गर्नका लागि समिति गठन गरेको हो । पाँच सदस्यीय समितिमा आदिवासी जनजाति महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष वीरबहादुर रावत भोटे, मन्...

जलजलाबाट देखिएको अन्नपूर्ण हिमाल

म्याग्दी, पर्वत र कास्कीको सिमानामा पर्ने जलजलाको हरियाली पहाड र पृष्ठभूमिको अन्नपूर्ण हिमालको शनिबार देखिएको दृश्य । धार्मिक, पर्यटकीय र जैविक विविधताका हिसाबले महत्त्वपूर्ण जलजला क्षेत्र पूर्वाधार विकास र प्रर्वद्धनको पर्खाइमा छ । तस्बिरः सन्तोष गौतम/रासस https://www.youtube.com/watch?v=i9r-RkHqfk4&t=13s...

ढुंगामा पैसा फल्न थालेपछि खानी गाउँ लमजुङमा रोकियो बसाइसराई

लमजुङ । बसाइसराईले नेपालका पहाडी क्षेत्रका प्रायः सबै गाउँहरू आक्रान्त छन् । लमजुङमा पनि बसाईसराईको चपेटामा नपरेको प्रायः कुनै पनि गाउँ भेटिदैन तर यौटा यस्तो गाउँ पनि छ, जहाँ ढुंगामा पैसा फल्न थालेपछि बसाईसराई रोकिएको मात्र छैन, बसाईसराई गरेर गएका पनि गाउँ फर्कन थालेका छन् । त्यो गाउँ लमजुङको उत्तरी क्षेत्रमा रहेको मस्र्याङदी गाउँपालिका– ५ मा रहेको खानी गाउँ हो । सो गाउँमा २०७२ सालदेखि रक गार्ड...

मुन्दुम ट्रेल भ्रमण वर्षमा रेडपाण्डा र थार महोत्सव

खोटाङ  । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष– २०२५’का अवसरमा रेडपाण्डा र थार महोत्सव गर्ने भएको छ । मुन्दुम ट्रेल भ्रमण वर्षमा घुम्न आउने पर्यटकमार्फत नगरपालिका क्षेत्रभित्र पर्ने विभिन्न जङ्गलमा पाइने लोपोन्मुख जनावर रेडपाण्डा र थारको संरक्षण, प्रवर्द्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवका लागि मुन्दुम ट्रेलसँग जोडिएका वडाका व...

धरहरा चढ्न दुई सय रुपियाँ शुल्क

काठमाडौँ  । परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न स्वदेशी नागरिकलाई प्रतिव्यक्ति दुईसय रुपियाँ शुल्क तोकिएको छ । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति एक हजार शुल्क निर्धारण गर्न सहरी विकास मन्त्रालयले गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस...

तिहारमा पनि सुनसान हुन थाल्यो गाउँघर

'पहिलेपहिले काग तिहारदेखि गाउँका ठिटाठिटी जम्मा हुन्थे। पाँच/छ दिनसम्म नाचगान र देउसी खेल्ने चलन हुन्थ्यो', सोलु दूधकुण्ड नगरपालिका–११ तिङ्लाका ९९ वर्षीय टकबहादुर नेपालीले पुराना दिन सम्झिए, 'तिहार लागेपछि गाउँको रौनक अर्कै हुन्थ्यो । अहिले त गाउँघरमा बुढापाकाभन्दा कोही छैनन्, गाउँ नै शून्य छ देउसी र भैलो नै सुनिँदैन।' उनलाई यस वर्ष तिहार लागे जस्तै लागेन । अधिकांश युवा वैदेशिक रोजगारमा छन् । भ...

म्याग्दी बरङ्जाका मगर समुदायले मनाए ‘आगोदेउ’ पर्व

म्याग्दी । जिल्लाको मंगल गाउँपालिका–३ र ४ वडामा पर्ने बरङ्जाका मगर समुदायले ‘आगोदेउ’ पर्व मनाएका छन् । बरङ्जामा बसोबास गर्ने नौ थरका ४५ कुरिया मगरहरूले हरेक वर्षको कुकुर तिहारदेखि तीन दिन आगोदेउ पर्व मनाउने गर्छन् । आगलागीजन्य विपद् नहोस् भन्ने कामनासहित प्रकृतिको पूजा गरेर यो पर्व मनाउने चलन रहेको मङ्गला गाउँपालिका–३ का वडाध्यक्ष याम रोकाले जानकारी दिए । ‘धार्मिक विधिअनुसार पूजाआजा गरेर कुकुर ...

सगरमाथा क्षेत्रमा लडेर घाइते जापानी नागरिकको उद्धार

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रबाट घाइते अवस्थामा एक विदेशी पर्यटकको उद्धार गरिएको छ । सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका–४ खुमबालामा लडेर घाइते भएका जापानिज नागरिक ५८ वर्षीय मिट्सुगु शिशिडोको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार खुम्बु भ्रमणमा आएका शिशिडो बिहीबार दिउँसो ३ बजेको समयमा हिँड्ने क्रम...

मुस्ताङको कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो

म्याग्दी : मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो लागेको छ। यो वर्षको सोह्रश्राद्धमा देशभर बाढी पहिरोले सडक अवरुद्ध भएपछि कागबेनीमा श्राद्ध गरेर पितृतर्पण गर्न आउन नपाएकाहरु दशैँलगत्तै आउन थालेका हुन्। कागबेनीस्थित कालीगण्डकी नदी किनारको श्राद्धस्थलमा पितृतर्पण गर्नका लागि दैनिक सयौँको सङ्ख्यामा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ। दिव...

जंगलमा हराएका चारजना आन्तरिक पर्यटकको उद्धार

काठमाडौँ : भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका–१ स्थित हाँस पोखरीबाट हराएका चारजना आन्तरिक पर्यटकको सशस्त्र प्रहरीले उद्धार गरेको छ। उद्धार गरिएकाहरू सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१२ का व्यक्ति हुन्। उनीहरू सोही ठाउँको मुन्दुम पदमार्गको हाँस पोखरीबाट सुन्तलेतर्फ जाने क्रममा बाटो पत्ता लगाउन नसकी जंगलमा हराएका थिए। उनीहरू हराएको बारे जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल न...