सगरमाथा क्षेत्रमा नौ हजार पर्यटक

सोलुखुम्बु  । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महिना झन्डै नौ हजार पर्यटक भ्रमणका लागि पुगेका छन् । गत असोजमा आठ हजार नौ सय दुईजना पर्यटक भ्रमणका लागि खुम्बु पुगेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ । जसबाट निकुञ्जले रु दुई करोड तीन लाख ४८ हजार पाँच सय ५३ राजस्व सङ्कलन गरेको निकुञ्जका कर्मचारी विवेक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार निकुञ्जले प...

पाँच पर्वातारोहीको शव आज ल्याउने तयारी

काठमाडौं : धौलागिरि हिमाल आरोहणका क्रममा मृत्यु भएका पाँच पर्वातारोहीको शव ल्याउन आज उद्धार टोली पठाउने तयारी भइरहेको छ। म्याग्दी प्रहरीका अनुसार प्रतिकुल मौसमका कारण एक सातादेखि उनीहरुको शव ल्याउन सकिएको छैन। लगातार तीन दिनेदेखि प्रयास भइरहे पनि हिमालमा कुहिरो लागेकाले हेलिकप्टर जान नसकोको म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए। मौसम अनुकुल भए प्रयास जारी राख्ने उनले ...

भारतीय सीमा जोडिएका नेपाली बजारमा पनि कर्णालीको स्याउ

काँक्रेविहार (सुर्खेत)  ।  कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यस पटकको दसैँमा राम्रो बजार पाएको छ । यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको स्याउले बजार पाएपछि स्थानीय बजारमा भारतलगायत अन्य देशबाट आयातित स्याउको बिक्री निकै प्रभावित भएको उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलले बताउनुभयो । उहाँले यहाँको स्याउ सस्तोमा पाउन थालेपछि सुर्खेत, छिन्चु, कोहलप...

उज्यालो पर्खिरहेको निसेलढोर

बागलुङ । पूर्वी रुकुमको सिमानासँग जोडिएको निसेलढोरमा अहिलेसम्म विद्युत्को पहुँच छैन । बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरमा विद्युत् नपुग्दा स्थानीय अन्धकारमा बस्न बाध्य छन् । विद्युत्को सुविधा नहुँदा स्थानीयले दियालो र टुकी बालेर रात बिताउन बाध्य छन् । एक दशक अगाडिसम्म निसेलढोरमा निसीवासी बर्खाको समयमा पशुचौपाया पाल्ने, आलु र स्याउ फलाउने गर्थे । बर्खाको चार महिना मात्र निसेलढोर बस्ने स्था...

जेभाले डाँडोमा देवीदेवताको प्रतिमा

फिदिम, । पाँचथर फिदिम नगरपालिका–१३ स्थित जेभाले डाँडोका ठुलठुला ढुङ्गामा विभिन्न धर्ममा आधारित आस्थाका देवीदेवतासहित राष्ट्रिय झन्डा र राष्ट्रिय विभूतिका प्रतिमा निर्माण गरिएपछि यस डाँडोले सबैलाई लोभ्याउन थालेको छ । स्थानीयवासीको अग्रसरतामा सुम्निमा पारुहाङ, महादेव, गौतम बुद्ध, नेपालको राष्ट्रिय झन्डा र किराँत धर्मका प्रवर्तक तथा नेपालका १६ औँ विभूति फाल्गुनन्दको प्रतिमा बनाइएका छन् । पहरा सजाउ...

पासाङल्हामुको नामबाट चन्द्रमाको एक भाग नामकरण

काठमाडौं । अन्तर्राष्ट्रिय खगोलीय संघ (आईएयू)ले चन्द्रमाको एक भागको नाम नेपाली प्रथम महिला पर्वतारोही पासाङल्हामु शेर्पाको नामबाट नामकरण गरेको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले यस कुराको घोषणा गरेको हो । अन्तर्राष्ट्रिय खगोलीय संघको ग्रह प्रणाली नामकरण कार्यसमूहले चन्द्रमाको एक क्रेटरलाई ‘ल्हामु’ नाम स्वीकृत गरेको अमेरिकी भूगर्भ सर्वेक्षणले घोषणा गरेको हो । सगरमाथा आरोहण गर्ने सफल प्रथम नेपाली ...

पुरानै शैलीमा पुनर्निर्माण हुँदै लमजुङ दरबार

गण्डकी : ऐतिहासिक लमजुङ दरबार पुनर्निर्माण भइरहेको छ। सोह्रौँ शताब्दीमा बनेको जिकिर गरिएको उक्त दरबार जीर्ण भएपछि पुरातत्त्व विभागले दुई वर्षअघि पुनर्निर्माण थालेको थियो। विभागका इन्जिनियर गोविन्द अधिकारीका अनुसार दरबार पुनर्निर्माणमा झण्डै ७० प्रतिशत भौतिक प्रगति भएको छ। गत आर्थिक वर्षमा एक करोड ३३ लाख बजेटबाट पुनर्निर्माण शुरु गरिएको थियो। चालु आवमा सरकारले जम्मा ५० लाख बजेट छुट्टाएको थियो। प...

घोडाघोडीमा भेटियो नयाँ प्रजातिको चरा

घोडाघोडी (कैलाली) । विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडीमा नयाँ प्रजातिको चरा भेटिएको छ । घोडाघोडी चरा अभय आरक्ष क्षेत्रमा यही जेठ ७ देखि १३ गतेसम्म चरा गणना तथा अनुुसन्धान गरिएको थियो । सोही क्रममा पहिलोपटक लालचुच्चे ठेउवा भेटिएको छ । घोडाघोडीको बेतहनी क्षेत्रमा एक जोडी लालचुच्चे ठेउवा भेटिएको पन्छी संरक्षण सङ्घका सहजकर्ता हिरुलाल डगौराले जानकारी दिनुभयो । उहाँका अनुसार यो प्रजातिको च...

पोखराको लेकसाइडका मसाज सेन्टरबाट ६ बालिकाको उद्धार

पर्वत : पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा रहेका स्पा (मसाज सेन्टर) बाट प्रहरीले ६ बालिकाको उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माका अनुसार मसाज सेन्टरमा बालिकाहरूलाई यौनजन्य कार्यमा लगाएको भन्ने सूचनाका आधारमा प्रहरीले मसाज सेन्टरमा अनुगमन गरेको थियो। पोखरा महानगरपालिकाको सामाजिक महाशाखा र शक्ति समूह नेपालका प्रतिनिधि समेत लिएर पु...

एक लाख ७७ हजार पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा १० महिनामा  एक लाख ७७ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार  यो अवधिमा एक लाख १८२ पर्यटकले भ्रमण गरेका छन्। यो हालसम्मकै बढी पर्यटक आगमन हो। उक्त अवधिमा दक्षिण एसियाली मुलुकका ७९ हजार २३२ र अन्य मुलुकका ९७ हजार ९५० पर्यटकले सो क्षेत्र घुमेका आयोजना प्रमुख डा. रविन कडरियाले जानकारी दिए। यो क्षेत...