सत्ता गठबन्धनका शीर्ष नेतासहित निर्वाचन तयारी समितिको बैठक बस्दै

५ वैशाख, काठमाडौं । सत्ता गठबन्धन दलका नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक सोमबार पनि बस्दै छ । स्थानीय तह निर्वाचनमा पालिकाहरुको भागबण्डा लगायतका विषयमा छलफल गर्न शीर्ष नेताहरुसहित संयन्त्रको बैठक बस्न लागेको हो । बैठक सोमबार बिहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आइतबार बसेको बैठकमा दलका नेताहरुले आ-आफ्नो...

आचारसंहितामा कडाइ गर्दै निर्वाचन आयोग

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि धमाधम तयारी गरिरहेको निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा अघिल्ला वर्षभन्दा कडाइ गर्ने नीति लिएको छ । दललाई शुक्रबार स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सिलिङ’bout जानकारी दिएको आयोगले निर्वाचनमा हुने खर्च कम गर्न र निर्वाचनलाई भड्किलो बनाउनबाट रोक्न आचार संहितामा पनि कडाइ गर्ने नीति लिएको हो । आयोग स्रोतका अनुसार यसपटकको स्थानी...

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट

वीरगन्ज — पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जैसवाल र उपाध्यक्ष फलुमति देवी चौधरीबीच विवाद बढ्दै जाँदा कुटाकुट भएको छ । उपाध्यक्ष चौधरीले विकास निर्माण र गाउँपालिकाको ८ औं गाउँसभाबारे जानकारी माग्दा अध्यक्षसहित वडाअध्यक्षको समूहले हातपात गरेको आरोप लगाएकी छन् । अध्यक्ष जैसवालले भने सामान्य वादविवाद हुँदा उपाध्यक्षले नै आफूमाथि पानीको बोत्तल हिर्काइ दुर्व्यवहार गरेको दाबी गरेका छन्...

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन्। नयाँ नेतृत्व चयनका लागि शनिबार काठमाडौंको भृकुटीमण्डप भएको पहिलो एकता महाधिवेशनबाट राप्रपा अध्यक्षमा निर्वाचित भएको राप्रपा निर्वाचन समितिका अधिकृत राजु बस्नेतले जानकारी दिए।  अन्तिम मत परिणाम भने सार्वजनिक हुन बाँकी छ। अध्यक्षका प्रत्यासी कमल थापाले आफ्नो हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिएक...

१९ वर्षीया झरना चौधरी बनिन् एमालेको वडा सचिव

नेकपा एमालेको वडा अधिवेशनअन्तर्गत रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ मा १९ वर्षीया युवती वडा सचिव बन्न सफल भएकी छन्। एमालेका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ एमाले वडा कमिटीको सचिव पदमा १९ वर्षीया झरना चौधरी सर्वसम्मत चयन भएकी हुन्। यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिकाकाे वडा नम्बर १ मा पनि २६ वर्षीय सुरज कलवार एमाले वडा कमिटीको अध्यक्ष निर्वाचित भएका छन्। रुपन्देह...

एकीकृत समाजवादीको ७३ जिल्लामा कमिटी गठन

नेकपा (एकीकृत समाजवादी) ले देशका ७३ जिल्लामा पार्टीको जिल्ला कमिटी गठन गरेको छ। पार्टीका प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले विज्ञप्ति जारी गरी देशभरका ७३ जिल्लामा पार्टीको जिल्ला कमिटी गठन भएको जानकारी दिएका हुन्। चारवटा गैरभौगोलिक जिल्ला कमिटीसमेत गठन गरिएको एकीकृत समाजवादीले जनाएको छ। पछिल्लो समय वर्षा, बाढी, पहिरोका कारण कमिटी गठन कार्य स्थगित गरिएको उनले जनाएका छन्। अह...

नेकपा एकीकृत समाजवादीले ‘जबस’ मान्ने, झलनाथको नेतृत्वमा बन्यो विधान

नेकपा एकीकृत समाजवादीले ‘जनताको बहुदलीय समाजवाद’ (जबस)लाई सिद्धान्तका रुपमा अवलम्बन गर्ने भएको छ। नेकपा एमालेबाट विभाजित भएर बनेको यो नयाँ पार्टीले एमालेको जनताको बहुदलीय जनवाद ‘जबज’ भन्दा फरक ‘जबस’ अवलम्बन गर्न लागेको हो। मंगलबारदेखि काठमाडौँमा सुरु हुने केन्द्रीय कमिटीको बैठकमा पेस गर्न तयार पारिएको राजनीतिक प्रतिवेदनमा जबस राख्ने प्रस्ताव गरिएको एक नेताले जानकारी दिए। ‘यो पार्टी आजको प...

जनमुक्ति पार्टीको अध्यक्षमा पुनः केपी पालुङवा चयन

राष्ट्रिय जनमुक्ति पार्टीको संघीय अध्यक्षमा केपी पालुङवालाई सर्वसम्मत चयन भएका छन्। पार्टी स्थापनाको ३० वर्षको इतिहासमा पहिलोपटक अध्यक्ष सर्वसम्मत चयन भएको हो। सुनसरीको धरानमा मंगलबार सम्पन्न छैटौं राष्ट्रिय महाधिवेशनबाट पालुङवा पुनः अध्यक्षमा चयन भएका हुन्। महाधिवेशनले पार्टीको संघीय समितिको कार्यकारी अध्यक्षमा केशव सूर्यवंशीलाई निर्वाचित गरेको छ। उनी यसअघि महासचिव थिए। वरिष्ठ उपाध्यक्षमा कमला...

सभामुख सापकोटाको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं : संघीय संसद पटकपटक अवरुद्ध भएपछि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन्। सभामुख सापकोटाले आज दिउँसो साढे २ बजेका लागि सर्वदलीय बैठक बोलाएको  सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री र दलका नेतालाई बोलाइएको छ। आफ्नो पार्टी विभाजनमा सहयोगीको भूमि...

कांग्रेस महाधिवेशन प्रक्रिया भोलिबाट

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन प्रक्रिया भोलि शुक्रबारबाट सुरु हुँदै छ । कांग्रेस विधानअनुसार सबैभन्दा तल्लो तहको अधिवेशनअन्तर्गत भोलिबाट वडा अधिवेशन सुरु हुने भएको हो । तर, सबै जिल्लाका क्रियाशील सदस्यता एकैपटक सार्वजनिक नहुँदा वडा अधिवेशनका लागि तोकिएको मिति भने जिल्लाअनुसार नै फरकफरक हुने भएको छ । अर्थात्, १८ बाट २३ भदौसम्म ७७ वटै जिल्लामा कांग्रेसले वडा अधिवेशन सम्पन्न गर्ने छ ...