एकतामा जोड दिँदै युएईमा मगर दिवस मनाइयो

१८ फागुन, युएई । प्रथम सहिद लखन थापाको स्मरण गर्दै युएईमा ३५ औं मगर दिवस मनाइएको छ । नेपाल मगर संघ शाखा युएईद्वारा १४० औं थापा स्मृति तथा ३५ औं मगर दिवस मनाइएको हो । शुक्रबार दुबईस्थित ईम्पेरियल सुइट होटेलमा विभिन्न साँस्कृतिक कार्यक्रमबीच दिवस मनाइएको हो । कार्यक्रमको उद्घाटनमा ३५ वटा दीप प्रज्ज्वलन सहित नेपाली राष्ट्रगानको प्रस्तुति राखिएको थियो । त्यसपछि प्रथम सहिद क्याप्टेन लखन थापा मगरको ...

झापाली वनभोजमा संकलित रकम क्यान्सर पीडित दर्जीलाई सहयोग

झापाली समाज युएईले गत साता आयोजना गरेको एकता वनभोजमा संकलित रकम तोपगाछी, झापाकी पुनमकुमारी दर्जीलाई हस्तान्तरण गरेको छ । वनभोजमा सहभागीहरुले स्वेच्छाले प्रदान गरेको २५ हजार ७ सय ४९ रुपैयाँ मिर्गौैला, कलेजो तथा पाठेघरको क्यान्सरबाट पीडित दर्जीलाई फागुन १८ गते केर्खा बजारमा हस्तान्तरण गरिएको हो । अति बिपन्न दर्जी परिवारलाई राहत पुगोस् भनेर झापाली समाजमा आबद्ध राजेन्द्र दाहाल, मित्रलाल पोखरेल, ...