अठार मगरात कलाकार संघको पहिलो साधारण सभा सम्पन्न

  मन बहादुर पुन  2161 पटक हेरिएको

काठमाडौ । लोक कला संस्कृति हाम्रो पहिचान, मिलिजुली संरक्षण र संबद्धन गर्नु मुख्य अभियानको नारा बोकेर स्थापना भएको अठार मगरात कलाकार संघको पहिलो साधारण सभा सम्पन्न भएको छ ।

हजरको पार्टी प्यालेस सोह्खुट्टे काठमाडौमा सम्पन्न पहिलो साधारण सभाबाट निर्विरोध निवाचित चर्चित गायक संगीतकार किरण बाबु पुनकाे अध्यक्षमा बरिष्ठ उपाध्यक्ष टेक घर्ती मगर, उपाध्यक्ष नन्द बहादुर घर्ती मगर महिला उपाध्यक्ष करिष्मा घती मगर, महासचिव गोपाल नेपाल जि एम, सचिब खबपु चञ्चल मगर, कोषाध्यक्ष आशा पुन, सह कोषाध्यक्ष भुमसरी पुन, गण्डकी प्रदेश प्रमुख केशरी पुन, ५ नः प्रदेश प्रमुख झविन्द्र थापा मगर, कर्णाली प्रदेश प्रमुख खेम थापा मगर, सुदुरपश्चिम प्रदेस प्रमुख विनिता पुन मगर,गायन विद्मा प्रमुख देवीराम राना मगर, नृत्य विद्मा प्रमुख तिलक रोका मगर, बाद्मवादन विद्मा प्रमुख कृष्ण पुन, भाषिक प्रमुख पुर्ण बुढा मगर, सांगठनिक तथा वैदेशिक प्रमुख सान्त्वना रोका मगर, सदस्यहरु तुलसा पुन (घर्ती) मगर, तुलसी घर्ती मगर, प्रिया घर्ती मगर, विमता घर्ती मगर, विराज थापा मगर, अरुणा बुढा मगर र तिर्सना घर्ती मगर गरी २५ जनाको कार्यसमिति गठन गरेको छ ।

पुर्व मन्त्री बालाराम घर्ती मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा चर्चित गायक एब बाद्मबादक खर्क बहादुर बुढा मगर सम्मानित भएका छन भने संकृतविद एवं समाजसेवी बम कुमारी बुढा मगरलाई संरक्षकको प्रमाणपत्र प्रदान गरिएको छ । यसैगरि १६ जना सल्लाहकार समितिमा नेपाल मगर संघका अध्यक्ष नविन रोका मगर, समाजसेवी जीवन रोका मगर, कलाकार चलचित्र निर्माता धुर्व पुन, कलाकार तथा समाजसेवी विबेकमान रोका मगर, कलाकार पत्रकार, समाजसेबी मन बहादुर पुन, लुगुमेल समाज काठमाडौका अध्यक्ष हर्क बहादुर घर्ती मगर, थबाङ्की समाज काठमाडौका अध्यक्ष बसन्त रोका मगर, तकसेरा समाज काठमाडौका अध्यक्ष बगलाल बुढा मगर, नेपाल मगर लेखक संघका महासचिव जीवन प्रवेश रोका मगर, समजसेवी व्याबसायी डम्बर बहादुर बुढा मगर, समाजसेवी तथा निर्माण व्याबसायी खगेन्द्र बुढा मगर, समाजसेवी व्याबसायी दया बुढा मगर, समाजसेवी व्यावसायी अमला रोका मगर, कलाकार खर्क बहादुर बुढा मगर , समाजसेवी जुनु पुन र संगीत संयोजक गायक कृष्ण पुनलाई सल्लाहकार प्रमाण पत्र प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार