डा केसीको स्वास्थ्य अवस्था खस्किदो, सुरु गरियो एन्टिबायोटिक

  मनास्लु पाेष्ट  650 पटक हेरिएको

काठमाडौं– दश दिनदेखि भोक हड्तालमा रहेका डा गोविन्द केसीको स्वास्थ्य  निरन्तर खस्किदो अवस्थामा रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । शिक्षण अस्पतालको आइसियुमा उपचाररत उनलाई छातिको संक्रमण नियन्त्रणका लागि एन्टिबायोटिक चलाउन सुरु गरिएको छ।

डा केसीलाई छाति दुख्ने, रिंगाटा चल्ने, मांसपेशीको दुखाइ र कमजोरी महशुस भइरहेको बताइएको छ । उनको रक्तचाप पनि न्युन रहेको छ भने अक्सिजन पनि कम हुँदै गएपछि अक्सिजन दिइएको छ । यसैगरी ब्लड सुगर र फस्फोरस पनि न्युन रहेको छ।

उनको स्वास्थ्यमाथि निरन्तर निगरानी राखिएको छ । जुनसुकै बेला उनको स्वास्थ्य अवस्था जटिल हुन सक्नेतर्फ उपचारमा संलग्न चिकित्सकले सचेत गराएका छन् । स्वास्थ्य खबर

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार