मुटुको रोग केही सेकेन्डमै पत्ता लगाउने एआई स्टेथेस्कोप

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  Manaslu Post  118 पटक हेरिएको

एजेन्सी : अनुसन्धानकर्ताले मुटुको रोग तत्काल पहिचान गर्ने प्रविधिबारे खुलासा गरेका छन्।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)द्वारा सञ्चालित स्टेथोस्कोपले केही सेकेन्डमै मुटुसम्बन्धी तीन प्रकारका रोग पत्ता लगाउन मद्दत गर्न सक्ने बताइएको छ।

स्टेथोस्कोपको आविष्कार सन् १८१६ मा भएको थियो। डाक्टरहरूले यसलाई विरामीको शरीरभित्रको आवाज सुन्न प्रयोग गर्छन्।

बेलायती टोलीले आधुनिक स्टेथोस्कोपको अध्ययन गरेको छ। उक्त स्टेथोस्कोपले तुरुन्तै मुटुको चालमा समस्या, मुटुको भल्भमा देखा परेको रोग र मुटुको असामान्य धड्कन पत्ता लगाउन सक्छ।

‘यो उपकरण ‘गेम–चेन्जर’ सावित हुन सक्छ र यसले विरामीहरूलाई छिटो उपचार पाउन मद्दत गर्नेछ’‚ अनुसन्धानकर्ता भन्छन्। नयाँ उपकरण बेलायतभरि प्रयोग गर्ने योजना छ।

एआई स्टेथोस्कोपले कसरी काम गर्छ?

एआई स्टेथोस्कोपमा छातीमा लगाउने भागमा एउटा सानो डिभाइस जोडिएको छ, जुन तासको पत्ता जतिकै ठूलो छ। यो उपकरणले माइक्रोफोनमार्फत मुटुको धड्कन र रक्त प्रवाहमा हुने थोरै परिवर्तन पनि कैद गर्न सक्छ, जुन मान्छेको कानले सुन्न सक्दैन।

नयाँ डिभाइसले ईसीजी (इलेक्ट्रोकार्डियोग्राम) पनि जाँच गर्छ र यसले मुटुको इलेक्ट्रोनिक संकेत रेकर्ड गर्छ अनि जानकारी क्लाउडमा पठाउँछ, जहाँ लाखौं विरामीको डेटा एआईद्वारा विश्लेषण गरिन्छ।

एआई स्टेथोस्कोप अमेरिकी फर्म इको हेल्थद्वारा बनाइएको हो। लन्डनको इम्पेरियल कलेज र इम्पेरियल कलेज हेल्थ केयर एनएचएस ट्रस्टको एक अध्ययनमा, ९६ क्लिनिकका १२ हजारभन्दा बढी विरामीलाई यो एआई स्टेथोस्कोपले जाँच गरिएको थियो।

ती विरामीलाई १०९ वटा क्लिनिकका विरामीसँग तुलना गरिएको थियो जहाँ एआई स्टेथोस्कोप प्रयोग गरिएको थिएन।

यो डिभाइसमार्फत असामान्य मुटुको धडकनको ढाँचा ३.५ गुणा र मुटुको भल्भसम्बन्धी रोग १.९ गुणा बढी सजिलै पत्ता लगाउन सकिने बताइएको छ। असामान्य मुटुको धड्कनको कुनै लक्षण हुँदैन तर यसले स्ट्रोकको जोखिम बढाउन सक्ने चिकित्सक बताउँछन्।

विरामीको समयमै उपचार सम्भव 

ब्रिटिश हार्ट फाउन्डेसन (बिएचएफ) का क्लिनिकल निर्देशक र परामर्शदाता कार्डियोलोजिस्ट डा. सोन्याबाबु नारायण यो २०० वर्षभन्दा पहिले बनेको साधारण स्टेथोस्कोपलाई २१ औं शताब्दीको लागि कसरी अपग्रेड गर्न सकिन्छ भन्ने कुराको उत्कृष्ट उदाहरण भएको बताउँछन्।

‘यदि रोग प्रारम्भिक चरणमै पत्ता लाग्यो भने, विरामीले समयमै उपचार प्राप्त गर्न सक्छन् र लामो, स्वस्थ जीवन बाँच्न सक्छन्’‚ उनले भने। एआई स्टेथोस्कोप दक्षिण लन्डन, ससेक्स र वेल्समा प्रयोग गर्ने योजना रहेको बिबिसीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार