युएईलाई हराउदै नेपालले जित्यो एकदिवसीय क्रिकेट

  Manaslu Post  692 पटक हेरिएको

काठमाडौं । नेपालले पहिलो पटक एकदिवसीय क्रिकेट सिरिज जितेको छ । सोमबार दुबईस्थित आइसिसी एकेडेमीमा भएको तेस्रो तथा निर्णायक खेलमा नेपालले यूएईलाई ४ विकेटले पराजित गर्दै २–१ ले जितेको हो ।

यसअघि पहिलो खेलमा युएई ७ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा नेपालले १ सय ४५ रनको जित निकाल्दै सिरिज १–१ को बराबरी गरेको थियो ।
सोमबार युएईले दिएको २ सय ५५ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ६ विकेटको क्षतिमा पार गर्यो ।

नेपाललाई जित दिलाउने क्रममा कप्तान कप्तान पारस खड्काले शतक प्रहार गरे । योसँगै कप्तान पारस नेपालका लागि एकदिवसीय खेलमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार