जानकी मन्दिरकाे प्राङ्गणमा अश्लिल नृत्य

  सुजीतकुमार झा  996 पटक हेरिएको

जनकपुरधाम । जनकपुरधामको प्रमुख धार्मिक स्थल जानकी मन्दिरको प्राङ्गणमा सामुदायिक प्रहरी सेवा केन्द्र धनुषाद्वारा गरिएको सांस्कृतिक कार्यक्रममा अश्लिल गीत एवं नृत्य प्रदर्शन गरिएपछि सामाजिक सञ्जालमा कडा आलोचना भईरहेको छ ।

प्रशासनिक अधिकारी एवं राजनीतिकर्मी सहभागी रहेको सो कार्यक्रममा यस प्रकारको गीत नृत्य हुँदा पनि कसैले नरोकेकोमा उनीहरुको पनि आलोचना भईरहेको छ ।

कार्यक्रममा उद्योग वन तथा पर्यटन मन्त्री रामनरेश राय पनि सहभागी थिए । मधेश अधिकार संघर्ष समितिका संयोजक सरोज मिश्रले अरुको बिहेमा डिजे बन्द गराउने प्रशासन अचेल जानकी मंदिरको प्रांगणमै अर्धनग्न नृत्यमा रमाएको टिप्पणी गरे ।

आयोजकले सोचेका थिए होला भोजपुरीको ललिपप बोलको गीतले मधेसी र मधेशवाशीलाई खुशी पार्न सकिन्छ तर, प्रभाव उल्टो पर्यो ।

युवा अभियानी दीपक ठाकुरले यस्ता नृत्यले संस्कार विगारेको आरोप लगाएका छन् । उनले ठिप्पणी गर्दै भने ‘जनकपुरधामलाई समाप्त पार्ने छूट कसैलाई छैन ।’
समाजसेवी अमरचन्द्र अनिलले जानकी मन्दिर परिसरलाई धार्मिक बाहेकको कार्यक्रम गर्नमा प्रतिबन्ध लगाउन माग गरेका छन् । उनले धार्मिक स्थलमा अश्लिलता देखाएर जनकपुरधामको छवि विगार्ने काम भएको बताए ।

संयुक्त युवा संघर्ष समितिका संयोजक धर्मेन्द्र साहले पनि जानकी मन्दिर परिसरमा धार्मिक कार्यक्रम बाहेक कुनै कार्यक्रम गर्न नदिन माग गरेका छन् ।
राजपाका केन्द्रिय महासचिव डा. विजयकुमार सिंहले आधुनिकता र विकाको नाउँमा जनकपुरधामको मौलिकता , अस्मिता र पहिचानलाई नष्ट गर्ने षड्यंत्रप्रति गम्भीरता पूर्वक सचेत हुनु आवश्यक रहेको टिप्पणी गरे । समारोहमा जिल्ला समन्वय समितिका सभापति रामदेव वनरैत यादव, उपसभापति दीपक झा, प्रदेश प्रहरी कार्यालयक प्रमुख हरि बहादुर पाल, धनुषाका प्रमुख जिल्ला अधिकारी दीपकराज कणेल पनि सहभागि थिए ।राजधानी दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार