जम्मु काश्मिरमा फेरि गोली हानाहान, भारतीय सेनाका चारको मृत्यु

  Manaslu Post  1342 पटक हेरिएको

काठमाडौं । जम्मु काश्मिरस्थित पुलवा जिल्लाको पिंगलेना भन्ने ठाउँमा सोमबार बिहान भएको गोली हानाहानमा भारतीय सेनाका चार जनाको मृत्यु भएको छ । एक जना सैनिक घाइते भएका छन् ।

सो ठाउँमा विद्रोही लडाकुहरु लुकेर बसेको सूचना पाएपछि परिचालन भएको सेनासँग गोली हानाहान भएको हो । स्थानीय प्रहरीका अनुसार सो ठाउँमा सेनाका ५५ आरआर, सीआरपीएफ र एसओजीले संयुक्त अपरेशन सुरु गरेको थियो ।

गत साता सेनाको एक टुकडीमा विद्रोहीले आक्रमण गरेको थियो । त्यसपछि सेनाको संयुक्त टिमले त्यहाँ कारबाही अभियान चलाइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार