पर्साकी नाज्मा खातुनले जन्माइन् चम्ल्याहा बच्चा

MANASLU TV लाई subscribe गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  804 पटक हेरिएको

पर्सा– पर्साको वीरगञ्ज हेल्थ केयर हस्पिटलमा एक महिलाले चम्ल्याहा बच्चालाई जन्म दिएकी छिन्।

पर्साको जयमंगलापुर सिपहरमाई गाउँपालिकाकी ३० वर्षीया नाज्मा खातुनले आज दिउँसो १२:४० बजे ५–५ मिनेटको फरकमा चार बच्चालाई जन्म दिएकी हुन्। उनले तीन छोरी र एक छोरालाई जन्म दिएकी हुन्।

हस्पिटलमा कार्यरत हेल्थ असिस्टेन्ट जयमोद ठाकुरका अनुसार अहिले आमाको स्वास्थ्य अवस्था राम्रो छ। तर, ७ महिनामै जन्मिएकाले बच्चाहरुको तौल कम रहेको बताइएको छ। दुई बच्चा स्वस्थ रहको र दुई बच्चा चिकित्सकको निगरानीमा रहेको उनले बताए।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा रमोला साहको रोहबरमा नाज्माको डेलिभरी भएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार