शहिद धर्मभक्त राष्ट्रिय मानवअंग प्रत्यारोपणका नर्सहरू आन्दोलित,सयाै विरामी विचल्ली

MANASLU TV लाई subscribe गरिदिनुहोला ।

  निरज कुमार पुन  1872 पटक हेरिएको

निरज कुमार पुन

विगत पाँच महिनादेखि शहिद धर्मभक्त राष्ट्रिय मानवअंग प्रत्यारोपन केन्र्द भक्तपुरमा कार्यरत १०० जना स्टाफ नर्स र सरसफाइमा कार्यरत ३१ जना कर्मचारीहरूले पटक-पटक लिखित रूपमा ६ बुँदे मागहरू राखि निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ लगाएत असपताल प्रशासन समक्ष निवेदन गर्दा पनि गैरजिम्मेवारी कारण स्टाफ नर्स र सरसफाइ कर्मचारीहरू आन्दोलित भएका छन ।

उनीहरूले १. पुराना कर्मचारीहरूको कार्यसम्पादनको मुल्यांकनको आधारमा र अनुभवको आधारमा आन्तरिक स्थायी गरिनुपर्ने २. पुराना ३ देखि ४ वर्ष काम गरेका कर्मचारीहरूलाई स्थायी गराउनुपर्ने ३. सरकारले कार्यान्वयन गरेको श्रम ऐन अनुसार सेवा सुविधा उपलब्ध गराउनु पर्ने ४. सम्पूर्ण कर्मचारीहरूको मासिक तलव समयमै दिनु पर्ने ५. विषेश तालिम, सेमिनार र क्याम्पहरूमा पुराना कर्मचारीहरूलाई पनि सहभागी गरिनुपर्ने र ६. ठेकदारी प्रथा हटाई सरसफाइ र सुरक्षामा कार्यरत कर्मचारीहरूलाई अस्पताल प्रशासन अन्तरगत राखिनुपर्ने माग राखि अनिश्चित कालसम्मका लागि आज दिउँसोदेखि धर्नामा बसेका छन ।

अस्पतालमा कार्यरत नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन र नेपाल नर्सिङ संघ एकाई समितिको अगुवाईमा पटक-पटक माग सम्बोधनका लागि निर्देशक श्रेष्ठलाई लिखित निवेदन गर्दा समग्र अस्पताल प्रशासन अहिलेसम्मा गैरजिम्मेवार रहेको छ । निर्देशक र प्रशासनको गैरजिम्मेवारीपनलाई जिम्मेवार बनाई माग सम्बोधन गराउनका लागि ९ गतेदेखि हातमा कालोपट्टि बाँधेर सेवा संचालन गरिरहेका उनीहरुलाई आज बिहान अस्पतालको ८ औँ स्थापना दिवसको अवसरमा निर्देशक पुकारचन्द्र श्रेष्ठले अब स्थायी गर्न नसकिने बताएपछि स्थापनाकालदेखि कार्यरत १०० जना स्टाफ नर्सहरू धर्नामा बसेका छन ।

उता बिरामीहरूको उपचार लगाएत डाएलिसिस र अप्रेसनको सम्पूर्ण काम रोकिएको छ । अस्पतालमा सम्पूर्ण व्यवस्थापन तथा बिकास समिति डा. सुशिलनाथ प्याकुरेलको अध्यक्षतामा सदस्यहरू प्रा. डा. राकेश बर्मा, डा. बिरेन्द्र यादव र सदस्य सचिव पुकारचन्द्र श्रेष्ठ गरि ७ जनाको समिति गठन गरिएकोमा कोहिपनि समाधानका लागि जिम्मेवार देखिएका छैनन् । अस्पतालमा भर्ना ८० जना बिरामी र उहाँहरूका आफन्तले तुरून्त अस्पताल प्रशासनलाई वार्तामा ल्याई समस्या समाधान गरि मानवीय त्रृटिबाट अकल्पनिय मानविय क्षति हुन नदिन जिल्ला प्रहरी कार्यालयमा निवेदन गरेका छन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार