गर्मी सुरु भएपछि अग्ला लेकतर्फ चौंरी गाई

MANASLU TV लाई subscribe गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  2359 पटक हेरिएको

वैशाख २९ गते । उच्च हिमाली क्षेत्रमा मात्र पालन हुने चौंरी गाई अग्ला पाटनतर्फ लैजान सुरु भएको छ । नौ महिना चार हजार मिटर भन्दा अग्ला क्षेत्रमा पालिने चौंरी गाई वैशाख दोस्रो साता पछि अग्ला लेकतर्फ लैजान सुरु गरिएको हो ।
अग्ला पाटनमा पालिने चौंरी गाईलाई गर्मी सुरु भएपछि लेकतर्फ लगिएको नाम्खा पाँचका लाक्पा लामाले बताए । यसपाली हिउँदमा धेरै हिमपात हुँदा चिसो बढे पछि निकै तल्लो क्षेत्रसम्म झरेका चौरी गाईहरु पाटनतर्फ लग्न थालिएको र अब आउदो मंसीर महिनासम्म उतै पालिने उनले भने । चौरी गाईका हेरालु पनि एकै पटक मंसीरमा घर फर्कने छन् । अग्ला पाटनमा चौरीलाई लिन थालिए पछि उजाड पाटनमा पनि चौरीका बथानले गर्दा रमाईलो देखिन थालिएको उहाँले बताउनु भयो । चौरी गाई पालिनुका साथै दुध र दहीबाट बन्ने परिकार पनि अब मंसीरमा आउने उनले बताए।
२७ वटा चौरीको सामुहिक पालन गर्नु भएका सिमकोट पाँचका दान बहादुर रावतले केही दिन अगाडी पाटनमा पुर्याएको बताएका छन । यसपाली चिसो बढी भएका कारण कहिल्यै पनि चौरी चराउन नलिईने सिमकोट पाँच कै कर्णाली नदी तिरको वन ठुलामेलामा लगिएको भए पनि अहिले भने चार हजार अग्लो छोवाखोरमा लगिएको उनले बताए ।
उत्तरी हुम्ला जिल्लाका दोजाम, बरगाउँ, तोर्पा, लिमाटाङ, हुटिक, बुराउसे, सिमकोट तल्लो गाउँ, हेक्पा, ताङिगन, धिगां, लामा खोल्सी, गाडापारी, खगालगाउँ, केमी, याल्बाङ, याङ्गार, चाला, मुचु, तुम्कोट, यारी र लिमीका तिनै गाउँ ती, हल्जी र गाउँ जस्ता दुई दर्जन गाउँमा पाँच सय भन्दा चौरी पालिने गरिएकोमा अहिले ती सबै चौरी अग्ला पाटनतर्फ लैजाने क्रम सुरु भएको छ । अग्ला लेकमा पनि चौरी गाई रमाउन थालेको सिमकोट १ का वडा अध्यक्ष तारा बहादुर लामाले बताए ।

MANASLU TV

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार