कीर्तिमानी आरोही कामीरिता शेर्पा २४ औं पटक सगरमाथा शिखरमा

MANASLU TV लाई subscribe गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  746 पटक हेरिएको

कीर्तिमानी आरोही कामीरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहण गरेका छन् । उनले मंलबार बिहान ६ बजेर ३८ मिनेटमा सगरमाथाको शिखरमा पाइला टेकेको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले आधारशिविरबाट जानकारी दिएका छन् ।

गत साताको बुधबार उनले २३ औं पटक सगरमाथा आरोहण गरेका थिए । एकै सिजनमा उनले दुईपटक आरोहण गर्दै २४ पटक पुर्‍याएका हुन् । सेभेन समिट कम्पनीबाट आरोहण गरेका कामीरिताको लक्ष्य अर्को साल २५ औं पटक पुर्‍याउने छ । उनले आफ्नै कीर्तिमान फेरि पनि तोडेका हुन् ।

MANASLU TV

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार