गर्भवती श्रीमतीलाई छाडेर श्रीमान फरार

MANASLU TV लाई subscribe गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  941 पटक हेरिएको

पाँचथर । बिचल्लीमा परेकी पाँचथरकी एक सुत्केरी आमा र नवजात शिशूलाई फिदिमस्थित सामुदायिक सेवा केन्द्रले आश्रय दिएको छ । जिल्लाको याङवरक–४, थर्पुकी १७ वर्षिया प्रमीला शिवा र भर्खरै जन्मिएकी उनकी छोरीलाई सेवा केन्द्रमा आश्रय दिइएको हो ।

२०७४ सालमा आफूखुसी अन्तरजातीय बिवाह गरेकी प्रमिलालाई गर्भवति भएको थाहा पाएपछि उनका श्रीमानले छोडेका थिए । ताप्लेजुङको सिरिङ्वा–४, साब्लाखुका बिजय ताम्लिङसँग प्रमीलाले विबाह गरेकी थिइन् । बिवाह गरेको एक बर्षपछि प्रमीलाको गर्भ बस्यो । गर्भ बसेको थाहा पाएपछि गत वर्षको असोजदेखि श्रीमान सम्पर्क बिहीन भएको सेवा केन्द्रमा भेटिएकी प्रमीलाले बताइन् ।

उनले मंगलबार बिहान जिल्ला अस्पतालमा छोरी जन्माएकी थिइन् । गाउँबाट स्वास्थ्य स्वंयम सेविकाको सहयोगमा अस्पताल आइपुगेकी उनलाई हेर्न श्रीमानको घर र माइती दुबै पक्षबाट कोहि नआएपछि उनी अप्ठ्रोमा परेकी थिइन् । उनलाई जिल्लास्थित मानवअधिकारकर्मी, महिला अधिकारकर्मी, जनप्रतिनिधि लगायतको सहयोगमा सेवा केन्द्रमा पु-याइएको हो ।

अहिले प्रमीला र नवजात शिशू दुबैको अवस्था सामान्य रहेको जिल्ला अस्पताल पाँचथरका प्रमुख डाक्टर बुद्धिबहादुर थापाले बताए । बुधबार सेवा केन्द्र लगिएकी उनको केन्द्रका कर्मचारीले हेरचार गरिरहेको सेवा केन्द्रका अध्यक्ष सबिता राउतले बताइन् । बिवाह गरेपछि श्रीमानको घर साब्लाखुमा एक दिन मात्र बसेकी प्रमिला श्रीमान बेपत्ता भएपछि माइतीघरमै बस्दै आएकी थिइन् ।

माइती घरमा दुई दिदीले बिवाह गरेर गइसकेका र दुई दाजुहरु पनि छुट्टिएर बसेकाले आफैंले बाबु आमाको हेरचार गरेर बसेको प्रतिलाले बताइन् । बाबुले सामान्य काम गर्न सक्ने भए पनि दमको रोगी आमा भित्र–बाहिर पनि मुस्किलले मात्र गर्न सक्ने उनले बताइन् । बच्चा जन्मिन तीन दिन अघि पनि अर्काकोमा बोनि गएर दुई सय कमाएर ल्याएको प्रमीलाले सुनाईन् ।

गत वर्षको असोजदेखि सम्पर्कबिहीन बनेका श्रीमानले कार्तिकमा एकपल्ट फोन गरेर ‘म बिदेश गएको, अब मलाई नखोज्नु’ भनेपछि श्रीमानलाई नखोजेको प्रतिलाको भनाई छ । त्यसपछि कहिलेकाँही फोनमा ‘म काठमाण्डौंमा छु’ भन्ने गरेको उनले बताइन् । प्रमिलालाई धेरैले गर्भपतन गर्न सल्लाह दिएको तर आफूले श्रीमान फर्केर आउछन् भन्ने आसले त्यसो नगरेको बताइन् ।

प्रमिलाले भनिन्– ‘उसले अर्कै केटि लगेर गयो अरे, ऊसँग पनि अहिले छुट्टियो अरे भन्ने सुनेको छु, कुनै न कुनै दिन ऊ आफ्नो छोरीको अनुहार हेर्न मसम्म आउँछन् भन्ने विश्वास छ ।

MANASLU TV

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार