
मुम्बई । रियलायन्स फाउन्डेशनकी अध्यक्ष नीता अम्बानीको हाते झोलाको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनको हर्म्स हिमालया बर्किन ब्यागको मूल्य २.६ करोड भारतीय रुपैयाँ भएको बताइएको छ ।
यो ह्यान्डब्याग २४० हिराजडित छ । इन्स्टाग्राममा शेयर गरिएको तस्बिरमा नीता अम्बानीसँग करिश्मा र करिना कपुर पनि छन् ।
नीता अम्बानी ह्यान्डब्यागसहित उभिएकी छन् । यो तस्बिर करिश्मा कपुरले इन्स्टाग्राममा शेयर गरेकी हुन् ।
ब्रिटिस अक्सन हाउस क्रिस्टिज डटकमका अनुसार हर्म्स हिमालया बर्किन ब्याग ह्यान्डब्याग संकलनमा सबैभन्दा राम्रो मानिन्छ ।
नीता अम्बानीको ब्यागमा १८ क्यारेटको सुन र २४० हीरा लगाइएको छ । बर्किन ब्यागको मूल्यका लागि र सेलिब्रेटीले किन्ने ब्यागका रुपमा चर्चित छ । यसको नाम बेलायती नायिका तथा गायिका जेन बर्किनका नाममा राखिएको हो ।
MANASLU TV

754 पटक हेरिएको 

