‘रिँगटा लाग्दा चारैतिरको वस्तु घुमेको जस्तो लाग्छ । यो एक साधारण रोग हो तर लापरबाही भने गर्नु हुँदैन। किनकी यो कुनै गम्भीर रोगको संकेत पनि हुनसक्छ। रक्तसञ्चार र रगतमा कमी, बढी वा कम रक्तचाप, अत्यधिक शारीरिक वा मानसिक थकान, तनाव, डर र टाउकोको चोटलगायतका कारणले रिँगटा लाग्छ ।’
‘मुटुको धड्कन असामान्य, आँखाको कमजोरी, मस्तिष्कमा रगतको कमी, नशा फाट्ने, ब्रेन ह्यामरेज, ब्रेन ट्युमर, खानेकुरा तथा औषधिको एलर्जी, माइग्रेन, ब्रत बसेर शरीर कमजोर भएमा, अत्याधिक अल्कोहल सेवनले रिंगटा लाग्नसक्छ ।”
टाउको घुम्नु, शरीर हल्लिएको अनुभव हुनु, आँखाको अगाडि अँध्यारो छाउनु, अनुहार फिक्का र शरीर चिसो हुनु, कमजोर भई चक्कर लागेर लड्नु, शरीर शून्य हुनु, उल्टी आउनु, कान बज्नु, बोल्न कठिनाइ हुनु यसका लक्षण हुन् ।”
# के खाने,
१.समयमै खाना खाने ।
२. एक गिलास दूध वा पानीमा ग्लुकोज मिसाएर पिउने ।
३. गर्मी भएमा अमलाको सर्वत पिउने ।
४. एक चम्चा तुलसीको रसमा २ वटा मरिच पिँधेर बिहानबेलुका खाने ।
# के नखाने,
१. रक्सी, खैनी, नशालु पदार्थ नखाने ।
२. एलोपेथिक औषधि आफ्नो इच्छाले नखाने ।
३. अत्याधिक खाना नखाने ।
# के गर्ने,
१. रिँगटा लाग्ने बित्तिकै बस्ने ।
२. सुविधा भएमा ओछ्यानमा सुत्ने र आँखा बन्द गर्ने ।
३.निद्रा लाग्यो भने पर्याप्त सुत्ने ।
४.नियमित व्यायाम गर्ने र बिहान घुम्न जाने ।
५.मधुमेह नियन्त्रणमा राख्ने, एनिमियाको उपचार गर्ने ।
६.टाउकोमा बदामको तेलले मालिस गर्ने ।
७.आँखा कमजोर भए उचित चस्मा लगाउने ।
८.फिजियोथेरपिस्टसँग सिकेर सधैं कसरत गर्ने ।
# के नगर्ने,
१.एक्लै घुम्न नजाने ।
२.अग्लो, होचो, अँध्यारो, चिप्लो बाटोमा नहिँड्ने ।
३.चिया, चुरोट र बिंडी नखाने ।
४.साइकल, स्कुटर, कार नचलाउने ।
५.बार्दलीलगायत कुनै अग्लो ठाउँबाट तल नहेर्ने ।
६.कठिन शारीरिक या मानसिक परिश्रम नगर्ने ।
७.आगो या पोखरीबाट टाढै रहने ।
८.खोला नतर्ने ।
MANASLU TV

1274 पटक हेरिएको 

