कान्ति अस्पतालको पेइङ सेवा बन्द

MANASLU TV लाई subscribe गरिदिनुहोला ।

  Manaslu Post  1093 पटक हेरिएको

काठमाडौँ- कान्ति बाल अस्पतालमा विस्तारित अस्पताल सेवा (इएचएस) अर्थात् पेइङ सेवा अवरुद्ध भएको छ।

साउन १ गतेदेखि बन्द रहेको सो सेवा दशैँ अघिसम्म बनिसक्ने अस्पतालका निर्देशक डा आरपी बिच्छाले जानकारी दिए। जनशक्तिको अभाव र विकास समितिमा कुरा नमिलेर यो समस्या आएको उनको बुझाइ छ।

निर्देशक बिच्छाले के कारणले सेवा रोकिएको भन्नको लागि साउन ६ गते कमिटि गठन गरिएको बताए।

उनले हाल अस्पतालमा ५२ बेडको आइसियु बेड पूर्वाधार भएपनि ३०–३१ बेडमात्र सञ्चालनमा रहेकाले त्यसलाई राम्रो बनाउने र २ वटा ओटीबाट ५ वटा ओटी थप्ने कुरामा पनि काम अघि बढाएको जानकारी दिए।

यस सेवामा दिउँसो ३ बजेदेखि ५ बजेसम्म विशेषज्ञ चिकित्सक सहितको ओपिडि सेवा दिइन्थ्यो।

बिरामीको अत्यधिक भीडका कारण निजी क्लिनिकमा महँगो शुल्कमा उपचार गराउनुपर्ने बाध्यता भएपछि अस्पतालमा रु ४५० रुपैया तिरेर सो सेवा लिन सकिन्थ्यो।

तर सेवा बन्द भएपछि बिरामी पुन: निजीमा जानुपर्ने बाध्याता आएको छ।

MANASLU TV

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार