‘अनलक्की’ कि ‘सुपरलक्की’ नायिका मिरुना मगर ?

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मन बहादुर पुन  2587 पटक हेरिएको

काठमाडाै ।  सुनौलो भबिस्य देखेर अभिनयमा भित्रिने युवा युवतीको जमात बढ्दो छ चलचित्र क्षेत्रमा । विशेषगरि, नायकको रुपमा भन्दा पनि नायिकाको रुपमा भित्रिने धेरै छन् । ति मध्यकी एक हुन् नव–अभिनेत्री मिरुना मगर ।

मिरुना चलचित्र ‘लालपुर्जा’बाट अभिनयमा भित्रिएकी हुन् । मिरुनालाई अभिनयमा भित्र्याउने काम निर्माता माधव वाग्लेले गरे । तर अहिले वाग्ले यो युनिटमा आवद्ध छैनन् । माधव चलचित्र युनिटसँग अलग भएको बिषयमा उनले आफुलाई केही थाहा नभएको बताइन् । सानै देखिको अभिनय तिर रुचि भएकी उनी डेब्यु चलचित्रको प्रदर्शनबाट निकै उत्साहित पनि छन् । करियर बनाउँन अभिनयमा हाम फालेको बताउने उनी बेलायतमै हुर्किएकी हुन् । उतै ब्याचलर सम्मको अध्यायन पुरा गरेकी उनी अभिनयलाई निरन्तरता दिने सोचमा छिन् ।

अभिनयमा सानैदेखि रुची रहेको बताउने उनि अभिनय कहिलेदेखि सुरु गर्ने भन्ने बिषयमा निश्चित थिएन भन्छिन ।  दर्शकले अभिनयलाई के भन्ने हुन् भनेर आफुलाई डर लगिरहेकोमा अहिले अलि ढुक्क भएको उनले बताइन् । विदेश बस्ता सानैदेखि अध्ययनमा फोकस हुनु परेको बताउदै उनले  ब्याचलर सकेर नेपाल फर्किएपछि अभियनको लागि उचित समय मिलेको उनको भनाई छ ।

आफूले टाइमपासको लागि अभियन नगरेको उनले दावी गरेकी छिन् । अबको दैनिकी उनको अभियनमै वित्नेछ । अभिनेता शौगात मल्ललाई बाइकमा राखेर कुदाउँदा निकै डर लागेको उनको प्रतिक्रिया छ । मलाई खासै बाइक कुदाउँन आउँदैन, सुटिङका क्रममा बाइक कुदाउन पर्ने भयो, कुदाएँ । तर, धेरै पटक लडेँ ।आफूलाई फुर्सद मिले किताबहरु पढ्ने गरेको उनले बताइन् ।

उनका अनुसार, साथीभाई भेट्न र सामाजिक काम गर्न उनी रुची राख्छिन । बेलाबेलामा संगीत सुन्ने गरेकी छिन् ।सौदर्यतिर त्यतिधेरै ध्यान नदिने उनले बताएकी छिन् । हल्काफुल्का मेकअप गर्छु । प्राय समय सनब्लक लगाउँछु । आफ्नो अगाडि जे आइपर्छ त्यहि लगाउछु, उनले भनिन् । आफूलाई लगाउन सजिलो हुनुपर्यो, जाडोमा न्यायो र गर्मीमा शितल हुनुपर्यो, उनले आफ्नो फेसनबारे बताइन् । यस्तै पहिरन चाहिन्छ भन्ने केही छैन ।

प्रेममा पर्नुभएको छ भनी सोधिएको प्रश्नमा उनले आफू प्रेममा नपरेको बताइन् । प्रेम त परिवारलाई गरिरहेकी हुन्छु । घरमा दुईटा विरालो पालेकी छु त्यसलाई पनि गर्छु उनले भनिन् ।

नायिका मिरुना मगरले चलचित्र ‘अनलक्की’ ट्याग भिराइदिएको भन्दै मिडियासँग दुखेसो पोखिन् । आफू ‘अनलक्की’ नभएर ‘सुपरलक्की’ भएको मिरुनाको कथन थियो । मिरुनाले आफूलाई ‘सुपरलक्की’ बताउनुको कारण चलचित्र नचलेपनि दर्शकले आफूलाई माया गरेको र चलचित्र पाइरहेको कारण खुलाएकी थिइन् ।

मिरुनाले आफूले आफूलाई ‘सुपरलक्की’ बताइरहँदा उनी अभिनित चलचित्र ‘च च हुई’ अहिले हलमा चलिरहेको छ । यो चलचित्र हलमा चलेपनि दर्शकको उपस्थिती भने निकै नै फितलो छ । मिरुनाले अभिनय गरेको यो चौथो चलचित्र हो, जुन बक्स अफिसमा असफल भएको छ । चलचित्रको सोमबारसम्मको व्यापार निकै नै कमजोर छ ।

करिब २ करोडको लगानीमा बनेको भनिएको चलचित्रको व्यापारले मिरुनालाई फेरि एकपटक ‘अनलक्की’ नायिका साबित गरिदिएको छ । मिरुना भने यतिबेला नायक दयाहाङ राईसँग नयाँ चलचित्रको छायांकनमा व्यस्त छिन् । यो बर्ष उनी अभिनित दोश्रो चलचित्र बक्स अफिसमा पिटिएको छ । अब पनि मिरुनालाई ‘अनलक्की’ मान्ने या उनले भने जस्तै ‘सुपरलक्की’ ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार