गोरखा, वैशाख २२ – गोरखाको सिरानचोक गाँउपालिकमा नयाँ शक्ति पार्टीको अध्यक्षका उमेद्वार महेश कुमार गुरूङले आफ्नो विजय सुनिश्चित भएको बताए । गुरुङले नयाँ शक्तिले उठाएको एजेण्डा आर्थिक समृद्धिको नाराले नै जनताहरुलाई आर्कषित गरेको कारण आफ्नो विजय सुनिश्चित भएको बताए । गुरुङले आफूले सिरानचोकलाई समृद्ध र नमुना गाऊँपालिका बनाउने योजना सहित अघि बढेको बताए । उनले भने जुनसुकै राजनीतिक पार्टीमा आस्था भए पनि समृद्धि र बिकासको चाहना सबैको भएकोले एक कदम अगाडि बढेर सबैले आफूलाई मतदान गर्नेमा आफू ढुक्क रहेको बताए । लामो समय देखि समाज सेवमा कृयाशिल बनेको गुरुङ कलाकार समेत हुन् । गुरुङ गोरखा सेवा समाजको अध्यक्ष रहेका गुरुङ लोक तथा दोहरी गीत प्रतिष्ठान नेपालका आजिवन सदस्य समेत रहेका छन् । गुरुङले लोक तथा दोहरी गीतलाई व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो ।
गोरखामा २ नगरपालिका र ९ वटा गाँउपालिका गरि जम्मा ११ वटा स्थानीय तह रहेको छ ।

961 पटक हेरिएको 

