रोल्पामा माओवादी केन्द्रका नेता कार्यकर्ता नयाँ शक्तिमा प्रवेश

  मनास्लु पोष्ट  4005 पटक हेरिएको


चनावैको मुखैमा रोल्पामा नयाँ शक्ति पार्टीमा प्रवेश गर्नेहरुको लहर चल्न थालेको छ । आजमात्रै ने.क.पा माओवादी केन्द्र्रका नेता अमृत घर्ति सहित दर्जनौ कार्यकर्ता नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन । ने.क.पा माओवादी केन्दले सुनरमावती गाउपालिकाको अध्यक्षको लागी अमृत घर्तिलाइ उठाएको थियो ा ने.क.पा माओवादी केन्दले जनयुद्धकालदेखि आजको दिन सम्म रोल्पाली जनतालाइ आश्वासन,ढाट,छलकपटमात्र गरेको भन्दै अमृत घर्ति लगाएत कार्यकर्ताले ने.क.पा माओवादी केन्द्र परित्याग गरेका छन ा
ने.क.पा माओवादी केन्दवाट अवको कुनैपनि परिवर्तन र आर्थिक सर्मद्धिको मुख्य एजेन्डा अगाडी बढन नसक्ने निष्र्कसमा पुगी नेपाली समाजको वनावत अनुसारको राजनीतिक समावेशिता र मुख्य एजेन्डामा अवको वैकल्पिक शक्तिको रुपमा नयाँ शक्ति पार्टी नेपाल मात्रै रहेको अमृत घर्तिले मनास्लु पोष्टलाइ वताए । पार्टी प्रवेश कार्यक्रमा जिल्ला संयोजक सरोज रिजाल लगाएका नेताहरुले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार