कोरोना भाइरसँग जुध्नका लागि म पनि ५ दिनदेखि घरमै छुः नम्रता श्रेष्ठ

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  1364 पटक हेरिएको

नायिका नम्रता श्रेष्ठले आफु विगत ५ दिनदेखि घरमै बसिरहेको बताएकी छिन । सामाजिक संजालमा शुभचिन्तकहरुले कुरा गर्दै उनले कोरोना भाइरससँग जुध्नका लागि घरमै बस्नुको विकल्प नभएको बताएकी हुन ।

नम्रताले सामाजिक संजालमा भनेकी छिन–‘कोरोना भाइरसँग जुध्नका लागि घरमै बस्नुको विकल्प नै छैन । म पनि विगत ५ दिनदेखि घरमै छु । मलाई आशा छ तपाइहरु पनि घरमै हुनुहुन्छ ।

यो भाइरस हामी जो कोहीमा पनि हुन सक्छ । हामी बाहिर निस्कियौ भने यो भाइरस अरुमा पनि सर्न सक्छ । यसैले घरमै बसौ र यो विरुद्धमा लडौ ।’नायिका श्रेष्ठले शुभचिन्तकहरुलाई घरबाट बाहिर ननिस्कन अपिल गरेकी हुन ।

नायिका श्रेष्ठसँगै नेपाली चलचित्रका धेरै कलाकारले शुभचिन्तकहरुलाई घरमै बस्न अपिल गर्न थालेका छन । सुरुवातमा उनीहरुले मास्क लगाउन, भीडमा नजान अपिल गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार