कोरोना संक्रमित गायिका कनिकाको रिपोर्ट पोजिटिभ

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  751 पटक हेरिएको

काठमाडौं । नोवल कोराना (कोभिड १९) भाइरस संक्रमित भारतीय गायिका कनिका कपुरको तेस्रो रिर्पोट पनि ‘पोजेटीभ’ आएको छ । कोरोना संक्रमणका कारण उपचार गराइरहेकी गायिका कनिका कपुरले आफ्नो रिपोर्टमा गडबडी भएको आशंका गरेकी थिइन् ।

दोस्रो रिपोर्टमा गलत उमेर उल्लेख भएपछि कनिकाले रिर्पोट गलत भएको आशंका गरेकी थिइन् । तर, तेस्रो पटक पनि रिपोर्ट पोजिटिभ आएपछि उनी कोरोना संक्रमित रहेको पुनःपुष्टि भएको हो ।

लण्डनबाट फर्किएको केही दिनपछि उनमा कोरोना संक्रमण देखिएको थियो । यो बीचमा विभिन्न पार्टीमा सहभागी भएपछि उनको आलोचना भइरहेको छ ।

कनिकाको उपचारमा चिकित्सकका अलावा ६ जना नर्सको टोली खटिएको छ । उपचारमा संलग्न चिकित्सकहरूले कनिकाले अस्पतालमा अनेक सुविधा खोजेको आरोप लगाउँदै आएका छन् । कनिकाले चाहिँ अस्पतालमा आफूलाई अपराधीको जस्तो व्यवहार भएको गुनासो गरेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार