कोरोना भाइरसबाट मृतकको संख्या २७ हजारभन्दा बढी, १ लाख ३१ हजार निको भए

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  468 पटक हेरिएको

काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) बाट ज्यान गुमाउनेको संख्या २७ हजार ३ सय २४ पुगेको छ ।

कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित तथ्यांक अनुसार, शनिबार बिहान ७ बजेसम्म ५ लाख ९५ हजार ८ सय जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, एक लाख ३१ हजार ६ जना उपचारपछि निको भएका छन् ।

संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणको दर पछिल्ला दिनमा उच्च देखिएको छ ।

अमेरिकामा कुल १ लाख १ हजार ६ सय ५७ जनालाई संक्रमण पुष्टि भएको छ। जबकि, शुक्रबार बिहान यही समयमा त्यहाँ संक्रमणको संख्या ८३ हजार ८ सय ३६ थियो ।

अमेरिकापछि संक्रमितको संख्या उच्च रहेको देशमा इटाली छ। त्यहाँ ८६ हजार ४ सय ९८ जनालाई संक्रमण पुष्टि भएको छ ।

इटालीमा ज्यान गुमाउनेको संख्या ९ हजार १ सय ३४ पुगेको छ ।

नेपालममा हालसम्म ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये एक जना उपचारपछि निको भइसकेका छन्। दुई जना टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा र एकजना धनगढीस्थित सेती अस्पतालमा उपचाररत छन् ।

नेपालमा अहिलेसम्म ८ सय २ जनामा कोरोना परीक्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार