कोरानाकाे उपचारपछि निको हुनेको संख्या १ लाख ९३ हजार

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  Manaslu Post  509 पटक हेरिएको

काठमाडौं– कोराना भाइसबाट संक्रमित बिरामी उपचारपछि निको भएर घर फर्किनेको संख्या १ लाख ९३  हजार भन्दा माथि पुगेको छ।

नेपाली समय अनुसार बिहीबार बिहान ७ बजेसम्म विश्वभर १ लाख ९३ हजार १ सय ७७ जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन्।

जोन्स हप्किन्स युनिभर्सिटीको  कोरोना तथ्यांक अनुसार विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ९ लाख ३२ हजार ६ सय ५ पुगेको छ।  कोरोना भाइरसबाट ४६ हजार ८ सय ९ जनाको मुत्यु भइसकेको छ।

२४ घन्टामा संसारभर ७६ हजारभन्दा बढी नयाँ बिरामी थपिएका छन् भने ४ हजारभन्दा बढीको कारोना भाइरसको कारण ज्यान गुमेको तथ्यांक छ।

एकै दिन अमेरिकामा २६ हजारभन्दा बढी नयाँ बिरामी थपिएका छन् भने एक हजार भन्दा बढी मानिसको मुत्यु भएको छ। योसँगै अमेरिकामा संक्रमितको संख्या २ लाख १४ हजार ९

सय ६६ पुगेको छ भने ५ हजार एक सय जनाको मुत्यु भएको छ।

इटालीमा मुत्यको संख्या १३ हजार १ सय ५५ पुगेको छ। इटालीमा १ लाख १० हजार ५ सय ७४ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्।

स्पेनमा मुत्य हुनेको संख्या ९ हजार ३ सय ८७ पुगेको छ। स्पेनमा १ लाख ४ हजार १ सय १८ जना संक्रमित भएका छन्।

उपचारपछि निको भएर घर फर्कने कुन देशमा कति 
चीनमा  ७६ हजार ४ सय ५ कोरोनाभाइरस संक्रमित बिरामी उपचारपछि निको भएर घर फर्किएका छन्।

स्पेनमा उपचारपछि निको भएर घर फर्किनेको संख्या २२ हजार ६ सय ४७  पुगेको छ। जर्मनीमा १८ हजार ७ सय संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन्।

इटालीमा  १६ हजार ८ सय ४७ जना बिरामी उपचारपछि  निको भएर घर फर्किसकेका छन्।

इरानमा उपचारपछि निको भएर घर फर्किनेको संख्या १५ हजार ४ सय ७३ पुगेको छ।

फ्रान्समा ११ हजार ५३ जना बिरामी उपचारपछि निको भएर घर फर्किसकेका छन्।

अमेरिकामा ८ हजार ४ सय ७४ जना बिरामी उपचारपछि निको भएर घर फर्किएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार